• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

थारुहरुको धरोहर श्री जोगराज चौधरी

Fm Radio Link
श्री जोगराज चौधरी

                 लेखक श्री वीर वहादुर राजवंशी     

   कृष्णपुर नपा ६ बन्जरिया कंचनपुर ,सुदुरपश्चिम प्रदेश

              बंगालको बाराभाटबाट एउटा अहिरा( घनपट गरुवा) नेपाल घुम्दै फिर्दै लुम्बिनी प्रदेशको दाङ जिल्लामा गुरैपाटी तन्त्रमन्त्र गरिदै गर्दा यहाँका अादीबासि जनजाति थारु समुदायको चेलीसंग माया प्रेम बस्यो ,र प्रेम विवाह गरे । उहाँहरुको मायाको चिनो ४ भाइ मड्वा,भेर्वा,डेमनडौरा र जगन्नाथिया घनपट गुरुवाको अप्टालीपछि चारै भाइ बुवाको देशबन्धीलाई ४ भाग लगाई देउखुरी एरिया मड्वा( माधोगुन्नी) को देशबन्धी क्षेत्र पर्यो । सोही ठाउँ निवासी राजवंशी ठाकुरहरुले मड्वाको बाँनधुप खेलाउथे । वा राजवंशी ठाकुरहरुको कुलदेवताको ग्रहण गरे ।सो वहाँ कै बाँनधुप खेलाउदै देउखुरीबाट जिजु बाजेहरु बाँके, बर्दिया ,कैलाली र कंचनपुरको तत्कालीन रौतेलि विचुवा सिंहपुर हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । सोही ठाउँबाट हाम्रो बाजे/ बाज्यैहरु वि. स.१९९० तिर कृष्णपुर गुलरिया दुघरुवा र सिगपुर हाल यस् नगरपालिका वडा न ६ मा बासोबास गरिदै अाएका छन् ।उहाँ स्वर्गीय श्री जीत बहादुर चौधरी ज्यु र स्वर्गीय श्री मम्फली देवी चौधरी ज्युकिकोखबाट दुई भाइ र छ दिदी बहिनीहरु मध्ये जेठो सुपुत्रको रुपमा वि. स .२०२५/०९/१७ यही गाउँमा जन्मिनु भयो ।हाल दिदिबहिनीको विवाह र भाइ छुट्टिएर उहाँ दुई पत्नी ,दुई छोरा ,एक छोरी र अाफु साथमा हुनुहुन्छ ।
             उहाँको व्यक्तित्व सरल,इमानदार ,जवाफमा परिपक्वता नीतिमा दृढता व्यवहारिक लचकताले अधिकाँस मानिसहरुको मन मष्टिस्कमा ठुलो बजार र विश्वसनीयता पैदा गरिसक्नु भएको छ ।अाफु पुर्खौली सरसम्पतिमा सुसम्पन्न परिवार घरघरानाको हुनुहुन्छ । यी सम्पूर्ण पुर्खौली व्यक्तिगत धनअार्जन गर्नु भन्दा अाफ्नो ज्युधन,त्याग ,तपस्या र समर्पित भएर नि: स्वार्थ रुपमा बत्ती अाफू जलेर सकिन्छ । तर अरुलाई उज्यालो दिइराखेकै हुन्छ । यस्तो व्यक्तित्वको रुपमा उहाँ स्थापित भैसक्नु भएको छ । उहाँ हरेक गरिब,बिपन्न परिवार उत्पीडित वर्ग समुदायको नशा /नशामा भिजी सक्नु भएको छ । उहाँ निडर,नि: स्वार्थ ,सेवा भावको हुनुहुन्छ ।उहाँको धैर्यता,सहनसिल्ता परिपक्वता भएको हुदा समाजको हरेक अापटविपट ,बिशेष लेनदेन,न्याय निशाप सामुहिक निर्णायक जवाफदेहितामा महत्त्वपूर्ण भुमिका हुन्छ । सामाजिक क्षेत्रमा हरेक समुदायको न्यायोचित जवाफदेहिता हुन्छ । यी सब समाजिक क्षेत्रमा सर्बत्र माग हुनुको अाशय निश्पक्षता,नि: स्वार्थ ,इमान,जवानमा परिपक्वताको प्रतिफल हो । उहाँको नि: स्वार्थ सेवाले व्यक्तिगत जीवनमा सामाजिक मान सम्मान प्रतिस्था बनाउनु भएको छ । उहाँको इमान,जवान र व्यवहारिकता देवत्व भैसक्नु भएको छ । त्यसैले उहाँ हरेक समाजिक क्षेत्रमा माग, उहाँ नभई नहुने अवस्था यो समाजको लागि भैसक्नु भएको छ । विश्वसनियतामा यस् कृष्णपुर नगरपालिकाको तुलनामा उहाँ यो समाजमा रहुन्जेसम्म विकल्प छैनन् ।प्रस्तुत बिषय बस्तुको व्याख्या ,सहभागीता को सन्तोषजनक परिणामले हरेक ठाउँमा उहाँको अनिवार्य छ ।
                    अाज उहाँ कुनै एउटा परिवारको सदस्य मात्र नभएर साझा व्यक्तित्व बनिसक्नु भएको छ । उहाँ प्रतिको विश्वास ,उहाँको सहभागीताले पारेको साकारात्मक प्रभाव ,उहाँको
व्यवहारिक पारदर्शिता र यी सबैको परिणाम सन्तोषजनक छ।जस्तै तल प्रस्तुत उहाँको भौतिक सहभागी भएको संघ
संस्था ,गाउँ ,घर, समाजको परिणामले प्रयाप्तता पारेको छ।
          तपसिल
(१)श्री सिंहपुर सामुदायिक वन उपभोक्ता समूह ,कृष्णपुर नगरपालिका वडा न ६ सिगपुरको स्थापना वि. स.२०५५ सालदेखि हाल वि. स.२०७७/१२/०२ गतेसम्म निरन्तर उहाँ नै अध्यक्ष हुनुहुन्छ । साथमा निरन्तर र नियमित उहाँ संगै काम गर्ने पदाधिकारीहरु पनि हुनुहुन्छ । नेतृत्वको वैकल्पिक विकास पनि भएको छ । तर विश्वसनीयतामा तुलना गर्दा उहाँ रहुन्जेलसम्म अर्को नेतृत्व हस्तान्तरण गर्न खोज्दा पनि उपभोक्ताले उहाँलाई नै जिम्मेवारीको निरन्तरता दिन चाहन्छ, र दिएको छ । उहाँको अगुवाइले सामुहिक स्वामित्व र अपनत्व प्रदान गरेको छ । समुहको हरेक प्रक्रियामा न्यायोचित जवाफदेहिताले सन्तोषजनक परिणाम दिइराखेकै छ । स्थापना कालदेखि नियमित निरन्तर यस् समुहको जिम्मेवार पदियताले सामाजिक धरोहर बनिसक्नु भएको छ ।वन र वन्यजन्तु संरक्षणमा विभिन्न अोहदाद्वारा सम्मानित समुहलाई गराउनु भएको छ।
                 कंचनपुर जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ गम्भीर चुनौती र अवसरको बिचमा सफलतापुर्वक
नमुना योग्य सन्तोषजनक कार्य सम्पादन गरिदै अाउनु भएको छ । समुहमा भएका सहमति र विमतिहरु समान सहभागीताद्वारा वन संरक्षण ,संवर्द्वन र व्यवस्थापन सदुपयोग गरिदै अाउनु भएको छ । सामुदायिक वनको हरेक क्षेत्रमा निर्णय प्रक्रिया,कामकाज,वन पैदावर विक्री वितरण र सामुदायिक वन बिकास कार्यक्रम मार्गदर्शन परिमार्जित ,२०६५ को दफा ७ बमोजिम र अार्थिक कार्य विधि,२०७३ अनुसार साधारणसभाबाट पारित गरेर कार्यान्वयनका साथै पुनरुत्पादन ३ बर्षकोगराइ,खटाइ,प्रती
फल सन्तोषजनक छ ।यस् वनको मुख्य सखुवा प्रजातिको दिगो लक्ष्य प्राप्तिका लागि १-८० बर्षिय चक्रिय बालीको रुपमा वन खेतिको अभ्यास ३ बर्षको पुनरुत्पादनले विश्वास दिलाएकाे छ । काचो बुढा ,धोद्रो र मक्किएको अक्सिजन फाल्न नसक्ने भावि पुस्तालाई हुर्कन बाधा पुर्‍याउने विदेशी काठ अायातमा प्रतिस्थापन गरेर लाथ्रा,
पोल र रुखहरुको चक्रिय बालि बढी अक्सिजन प्रदान गर्ने , राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने ,स्थानीय रोजगारी श्रृजना हुने , गरिब विपन्न परिवार महिला शसक्तिकरण र उद्दयम बिकासको स्थापनले वातावरणीय र कार्वन उत्सर्जनलाई बाधा पुर्‍याउछ,भन्नेहरुको मुख र अाँखामा पत्ती बाँडि दिइएको छ । वा ठुलो झापट हानेको छ ।प्रविधियुक्त समय
सुहाउँदो विध्यार्थिहरुलाई कम्प्युटर खरिद गरि कक्षा संचालन ,वाईफाई जडान ,एउटा ठुलो पक्कीसभाहल,एउटा लेन्टरवाला किचन सहित पक्की ३ कोठे कार्यालय ,२ वटा कच्ची २/२ कोठे घर,एक सेट ट्याक्टर ,एक मोटरसाइकल कार्यालय वरिपरि मेशवायर जालि भित्र एक निल गाई,टर्की माछापालन ,३जना नियमित कर्मचारी ,दुईवटा सानो ठूलो काठको मचान,एउटा घर सहित पिकनिक स्पोट,दुईवटा पोखरी,घेरवार सहित फुटबल ,भलिबल ,व्याडमिन्टन खेल मैदान ,यहाँ विभिन्न फिलिम सुटिङ ,सरकारी,गैरसरकारी कार्यक्रम ,थारु होमस्टे,कृष्णपुर नगरपालिकाबाट चिडियाखानाको डि पि अार तयारी गरेको ,मोहना लालझाडि जैविक मार्ग ,महादेवको मन्दिर अादि भौतिक पुर्वाधारले पर्या पर्यटनको अाकर्षक केन्द्रीकृत गर्न सक्नु उहाँको ठूलो देन तथा योगदान रहेको छ ।
(२)श्री हमार सयपत्री बिजबृद्वी कृषि सहकारी संस्था प्राइभेट लिमिटेड ,कृष्णपुर नपा ६ सिगपुर कंचनपुरको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको बिशेश यहाँका कृषकहरु विकेन्द्रीकरण भएको श्रोत सयौं थोपाको समुद्र भने झै एकीकृत संस्थागत बिकास गर्न विश्वास र योगदानले अाज यस् सहकारीको अाफ्नै स्वामित्वको दुई कट्ठा दशधुर जमिन,एउटा पक्की गोदाम ,दुईकोठाकोकार्यालय ,ग्रेडिङ्ग, सिडड्रिल,पोष्ट हार्वेष्ट सेन्टर स्थापना ( ट्याक्टर ट्रलि,हाइरो ) र कष्टम हायरिङ्ग सेन्टर सेटमा स्थापना ( ट्याक्टर ,हाईरो ,ट्रलि,थ्रेसर, पावर टिलर)गरिएको छ । विभिन्न प्रजातिको बीउ उत्पादन र विक्री वितरण ,खादमल खरिदबिक्री गरिदै अाउनु भएको छ । उहाँ कृषि तालिम प्राप्त प्राविधिक विज्ञ तथा अगुवा पनि हुनुहुन्छ ।
(३) श्री सिगपुर जल उपभोक्ता समूह,कृष्णपुर नपा ६ सिगपुर बलुवानालाबाट सयौं कृषकहरुलाई सिचाइ सेवा सुविधा उहाँकै अध्यक्षतामा कम लागतमा बढी उत्पादन बृद्वि बिकासमा लाभ लिइराखेका छौ। सो उत्पादित खाद्यान्न अाफुलाई खान बचाएर बाहिर बिक्रीवितरण देखि बिउ उत्पादन सहित यहाँका कृषकहरुको अायअार्जनमा टेवा पुगिदै अाएको छ ।यहाँका कृषकहरुको अायअार्जनमा बृद्वि बिकाससंगै जीवन शैली परिवर्तन भएको छ । प्रधानमन्त्रि कृषि अाधुनिकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाइ,धान सुपर जोन कंचनपुरको क्षेत्र विस्तार प्रविधि र प्राविधिक सहयोगद्वारा यहाँका कृषकहरुको उर्जा थपेको छ ।
( ४) सिगपुर गाउँ एउटा प्रगन्ना हो । यस् गाउँमा समाज संचालनका विभिन्न व्यवस्थित कार्यक्रम बनाउन उहाँकै अगुवाइमा बिज्ञ समिति निर्माण गरि सभ्य ,पारदर्शी ,उत्तर
दायी व्यवस्थित बनाउनु भएको छ । यस् समितिमा पुराना अनुभवि बडघर भल्मन्साहरुको सम्केन्द्रित टीम हो । जुनसुकै गाउँको कामकाज गर्न यसै समितिले पुर्व छलफल गरेर गाउँ संचालनको मार्ग प्रशस्त्र पार्छ,र कार्यान्वयनमा सरल हुन्छ । यो वहाँको गाउँबासि परिचालन गर्ने विधि योजना कार्यक्रम मौलिकतामै रहेको छ ।
(५) श्री न्यु बैजनाथ ग्रामीण विधुत सहकारी संस्था प्राइभेट लिमिटेड ,कृष्णपुर नपा ६ सिगपुर कंचनपुरको संस्थापक कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिदै हाल सोही संस्थाको प्रबन्ध/ व्यवस्थापक हुनुहुन्छ । यस् विधुत सहकारीमा सिगपुर,बन्जरिया र बसन्तपुरका सदस्यहरु हुनुहुन्छ । वहाँ को अादर्श,वहाँको विश्वास ,लगनशीलता ,तत्परता ,निरन्तर
सक्रियताले यो संस्थालाई टेवा पुगेको छ । वहाँको नरम मिजासिला प्रस्तुति ,वहाँको व्यवहारितामा अाकर्षक र पुर्ण विश्वास छ । यो संस्थामा विभिन्न प्रकारका मानिसको विकेन्द्रीकरणलाई सम्केन्द्रिकरण गरिराख्नु भएको छ ।यो अहम् भुमिका वहाँकै योगदान र समर्पणले भएको छ ।
(६) सुदुरपश्चिम प्रदेश कंचनपुर निवासी राजवंशी थर गोत्र विभिन्न गाउँमा छरिएर रहेको गोतियारहरु मध्ये सिगपुर गाउँमा १५ घरधुरी सबै महिला पुरुष हरुको प्रत्येक महिनाको १५ गते मासिक छलफल र मासिक कोष स्थापना गरेर गाउँ घर गोतियार भित्र अापटविपट,मर्निकर्नि,भोजविवाह गर्दा सहयोग हुने गरि बर्षभरि ७५००० रकमको स्थापना गरिसकेका छन् । सो कोषबाट माथि प्रस्तुत गर्या जस्तै कामकाज,गोतियारहरुको प्रत्येक महिना दुःख पीडा साटासाट र सहयोगी भावनाले उर्जा प्रदान गरेकोे छ । गोतियारहरुको वहाँ प्रतिस्थित धरोहर हुनुहुन्छ । यसैगरी सबै मानवहरु संगठित उर्जामुलक साकारात्मक सन्देश द्वारा सामाजिक उज्यालो दिइराख्नु भएको छ ।
(७) श्री महाकाली नमुना माध्यमिक विध्यालय वसन्तपुर , कृष्णपुर नपा ६ कंचनपुरको बिध्यालय व्यवस्थापन समितिको अध्यक्ष हुदै हाल सोही स्कुलको सल्लाहकार संयोजक हुनुहुन्छ ।यस् स्कुलमा वहाँको अहम् नेतृत्वको भुमिका अविस्मरणीय अतुलनीय कार्यहरु गर्नु भएको छ ।
यहाँ तनमन धन सहित स्कुल निर्माणका लागि अाफु बदनामित भएर पनि मा. वि.,१०+२, नमुना कार्यक्रम लगायत सिटिभिटिबाट मान्यता प्राप्त वन विज्ञान ( फोरेष्टि)
कलेज संचालनमा ल्याउनु वहाँको मुख्य लगानी ,योगदान,त्याग ,तपस्या ,समरपित भएर भौतिक पुर्वाधार निर्माण सम्म स्थापना र संचालन गर्न प्रमुख दायित्वको अगुवाइमा उहाँ नै हुनुहुन्छ ।तर यस् स्कुलमा अादिबासि जनजाति बिध्यार्थी बाहुल्यता हुदा पनि मातृभाषामा पठनपाठन गर्न यहाका सरोकारवालाहरुको चासो हुदाहुदै स्थानीय तह,प्रदेश सरकारको ध्यानाकर्षण गराउन सकिएको अवस्था छैन ।यसको लागि सबै मिलि सामुहिक पहल भैराखेकै छ ।
(८) श्री कंचन बहुमुखी क्याम्पस ,कृष्णपुर नपा ५ गुलरिया कंचनपुरको संचालक समितिको सदस्य भएर यस क्याम्पसको माहुल तयारी पठनपाठनको लागि विभिन्न व्यवस्थापकिय पक्षहरुसंग सामार्थ्य जुटाउन अार्थिक भौतिक समग्र वातावरण मिलाउन बिशेष भुमिका खेल्दै अाउ्नु भएको छ । यसको स्थापनाकालदेखिको चुनौतीसंग जुझ्दै हाल अाएर विभिन्न संकायको स्नातक तहसम्मको अध्यापन हुदै आएको छ । र यहाँका गाउ घरको प्रतिस्था गरिब बिध्यार्थिहरुको इच्छा चाहनालाई घरैबाट अध्ययनअध्यापन गर्ने अवसर प्रदान भएको छ । प्रारम्भिक चरणमा अध्ययन गर्ने बिध्यार्थी देखि अन्य व्यवस्थापन उहाँकै विश्वासनियातामा भर्ना भएर अाफ्नो जीवन बौद्धिक सुधार प्रदान गर्न पाएका छन् ।
(९) श्री सिद्वार्थ बहुउद्देश्यीय सहकारी संस्था प्राइभेट लिमिटेड ,कृष्णपुर नपा५ गुलरिया कंचनपुरको संचालक समितिको उपाध्यक्ष पदिय जिम्मेवारीमा रहदै त्यस संस्थाको सम्पूर्ण सर्वाङ्गिण बिकास गर्न उहाँको व्यक्तित्व,उहाँकै विश्वसनियताले विभिन्न खाले रचनात्मक कार्य सफलता हाँसिल गरिदै अाएको छ ।सोही मुताविक यहाँका कृषकदेखि बुद्धिजीवी ,व्यापारी ,उद्योग र मजदुरहरु शेयर सदस्य भएर सक्रिय क्रियासिल्तामा सहभागीता जनाएका छन् ।यस् सहकारीले घरेलुु उद्योग ,स साना व्यापार ,कृषिमालगानी लगाउदै अाएको छ ।
(१०) नेपालको सुदुरपश्चिम प्रदेश कंचनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा न ६ सिगपुर निवासी सामाजिक धरोहर श्री जोग राज चौधरी ज्यु सानो जिम्मेवारीबाट दुःख पीडाको संगालो बुनिदै त्यसको उद्दार,सहयोग ,काँध थाप्दै,अाफूलाई जे जस्तो कठोर ,निर्मम् चुनौती भए पनि अाफु जलेर मानविय सामाजिक नि:स्वार्थ सेवा गरिदै अाउनु भएको छ । विशेषतःवि. स.२०३६/०३७
सालको पञ्चायती शासनको बर्खिलापमा बिद्रोहसंगै प्रभावित हुँदै अात्म रक्षाका लागि लटठीको खेलबाट नेपाल तरुण दलमा संगठित नेपाली काँग्रेसको सदस्यता लिएर विभिन्न पार्टी संगठनको लामो समयसम्म काम गर्दै गर्दा वडा समिति सभापति ,गाउँ बिकास समिति सदस्य र महासमिति सदस्य हुनु भयो । र वि. स. २०५४ सालको स्थानीय चुनावमा गाउँ बिकास समितिको उपाध्यक्ष पदका लागि प्रत्यासि भैई चुनाव लड्नु भयो । तर त्यस चुनावमा पार्टीको अान्तरिक द्वन्द्व र धोकेवाजले पराजित हुनु भयो ।तैपनि निरन्तर पार्टीको जिम्मेवारी निर्वाह गरिदै अाउनु भयो । ठिक त्यसैबेला राप्ती अञ्चल रोल्पा रुकुम जिल्लामा सशस्त्र दिर्घकालिन जनयुद्ध प्रारम्भ भैसकेको थियोे ।राज्यसत्ताको जन्म बन्ढुकको नालबाट जन्मिन्छ,
भने झै ( politics come barrier of the gun) संसारको सबै चिजको निर्धारण राजनीतिले गर्छ ।
                नेपालमा एकिकरणको नाममा त्यहाँ भएका भाषा ,संस्कृति र इतिहास मिचेर भौगोलिक एकता मात्र गर्यो।त्यस मुताविक थारु भाषा तथा साहित्यिक उत्थान मञ्च ,गोचाली परिवार २०२८ ले वि. स.२०५४ साल श्री महाकाली नमुना माध्यमिक विध्यालय वसन्तपुरमा जनचेतनामूलक साँस्कृतिक झलक सहित भेला सम्पन्न गरियो ।सो भेलाबाट थारु भाषा तथा साहित्यिक उत्थान मञ्च, नेपालगोचाली परिवार, २०२८ जिल्ला समिति कंचनपुरको संस्थापक उपाध्यक्ष पदमा निर्वाचीत हुनु भयो ।त्यसको नियमित निरन्तर छलफलबाट वास्तविक अाफ्नो वर्गको पहिचान गर्नु भयो ।जब अाफ्नो वर्गीय पहिचान पछि क्रमिक रुपमा नेकपा( माओवादी ) पार्टीले जनमानसमा उदृत गरेको विचार ,नीति ,सिद्धान्त कार्यक्रम प्रती झुकाव बढ्दै गयो । वि. स.२०५६/०५/३० पिप्लाडी १ पडावको प्रथम भेलाले जन अभियान थारु राष्ट्रिय मुक्तिमोर्चा -जिन्दावाद ,सम्पूर्ण उत्पीडित एक हौ- एक हौ, वर्गीय मुक्ति - जिन्दावाद ,थारु भाषा तथा साहित्यिक उत्थान मञ्च ,नेपाल - जिन्दावाद ,गोचाली परिवार २०२८- जिन्दावाद भन्ने नाराहरु वालपेन्टिङ्ग,मशाल जुलुस ,जन वर्गीय संगठन , मोर्चाको सदस्यता वितरण र विस्तार व्यापक गरियो ।अर्कोतिर राज्यले दमन गरिदै गयो । फुटबल भुईमा जति बजारिन्छ,त्यतिकै मात्रामा उफ्रिया जस्तै न्यायपुर्ण अान्दोलन अागोको राप लाग्याे ।त्यसपछि राज्यसंग विभिन्न चरणमा गणतन्त्र ,संविधानसभाको चुनाव र अन्तरिम सरकार राख्दै शान्तिपूर्ण वार्ता अान्दोलन संगसंगै न्यायपुर्ण अावाज जनता माझ राखिदै गर्दा प्रष्टरुपमा जन चेतना अभिबृद्वि भयो ।वि. स. २०६२/०८/१२ बाह्रबुँदे राज्य र बिद्रोही शान्तिपूर्ण विस्तृत सम्झौता भयो । बाह्रबुँदे सशर्त सम्झौताको राजनीतिक सवाल सात राजनीतिक दल वा राज्यको तर्फबाट स्वर्गीय सम्माननिय तत्कालीन
प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोईराला र विद्रोहीको तर्फबाट सम्माननिय तत्कालीन प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ( प्रचण्ड) बिच संसद पुनर स्थापना पछि अन्तरिम संसद द्वारा निर्मित अन्तरिम सरकार ,संसद्को प्रथम बैठकबाट लोकतान्त्रिक गणतन्त्रको घोषणा र संविधानसभाको चुनावको मार्गचित्र तयार भएर अाज हामीवि. स.२०७२/०६/०३ अाइतवार संघीयता ,गणतन्त्र ,समावेशी र धर्म निरपेक्षताको घोषणा पश्चात् लोकतान्त्रिक प्रतिस्पर्धामा(" बाघ र बाख्रा बिचको ") छौ । वामपन्थीहरुको ठूलो अास्थावान जनता हुदाहुदै वामपन्थी टुटफुटका कारण दुई तिहाइको नजिक पुग्न सकेनन् ।यो महसुस गरेर वि. स.२०७५ को स्थानीय चुनाव पछि दुई ठूला पार्टी नेकपा ( माअोवादी केन्द्र ) र नेकपा( एमाले ) बिच एकता भएर जिल्ला पार्टी कमिटी सदस्य र कृष्णपुर नगर कमिटी ईन्चार्जको भुमिकामा हुनुहुन्छ ।स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकामा नेकपा (माओवादी ) केन्द्रकाे तर्फबाट मेयरको प्रत्यासी हुनु भयो । सो निर्वाचनमा अाफ्नै पार्टीकै स्थानीय नेतृत्व तहबाट धोका गद्दारी भयो ।र पराजित हुनुभयो । उहाँ सरल इमानदार सोझो शालिन भएको हुदा पार्टी भित्रका दलालहरुले उपयोग गरे र फाले ।
तर माथि प्रस्तुत जन उत्तरदायी अाफु जलेर नष्ट भएर पनि जनसेवामा उत्तिकै जोश,जाँगर अझै यथावत् नै हुनुहुन्छ ।
                  यद्यपि वास्तविक राष्ट्रिय स्वाधीनताको चुनाव हुनेहो,भने यो वहाँको ठाउँमा अर्को विकल्प देखिदैन ।
अन्तमा जे जति माथि उल्लेखनीय व्याख्या गरिएतापनि यो एउटा अंश मात्र हो ।उहाँ सरल,इमानदार ,सोझा,निःस्वार्थ सेवामुखि यो समाजको धरोहर अादर्शको रुपमा स्थापित देवत्व सरह भैसक्नु भएको छ ।त्यसैले मलाई लागेको उहाँप्रतिको मान सम्मान गर्न प्रयत्न अभ्यासको कोशिश गरे ।तैपनि कुनै शब्द ,भाषा ,इतिहास समेत्न खोजे छिटफुट,महत्त्वपूर्ण सुझाव ,भनाइ
र गराइएका बारेमा सल्लाह जानकारी दिइदिन हार्दिक अनुरोध गर्दछु ।
प्रतिकृया दिनुहोस