• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

Fm Radio Link

काठमाण्डाै,  चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजाे बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

 

यसअघि एक भायलमा दुई डोज खाेप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

 

यो खोप १८ वर्षदेखि  ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।  

प्रतिकृया दिनुहोस