• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

धर्मजनताको ४९ औ वार्षित्सव सम्पन्न

लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला आयोग खारेज गरिनु जनताको हित विरोधी कार्य होः सांसद धामी

Fm Radio Link

           भूमि आयोगका अमिनहरू ऐलानी जमिनको नापजाँचका लागि जमिनमा पुगिसकेको बेला परमादेशबाट बनेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको बताएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न ७ स्टेशनपुर स्थित धर्मजनता माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधनको क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य नर बहादुर धामीले उक्त कुरा वताएका हुन । 
          भूमि आयोगले धेरै काम गरिसकेर लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला आयोग खारेज गरिनु जनताको हित विरोधी कार्य भएको उनले बताए । ‘अमिनहरू जमिनमा पुगिसकेका बेला आयोग खारेज गरेकोमा हामीले आपत्ति जनाएका छौं, सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासी जनतालाई यथाशीघ्र जमिनको मालिक बनाउन माग गर्दछौं,’ धामीले भने । समवोधनकै क्रममा सांसद धामीले विद्यालयमा सुविधा सम्पन्न भवन बनाउन बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफू सधैँ लागिपर्ने बताउदै उनले विद्यालयलाई सुधार गरी प्रगतीको पथमा अगाडी बढाउनका निम्ति शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण रहेको वताए ।  
         यसैगरी शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले आफु शैक्षिक क्षेत्रको विकासका लागि अनवरक रुपमा लागी परेको वताउनु भयो । वषौ देखी न्यून तलवमा काम गरिरहेका वाल विकास शिक्षकहरुको पिडालाई सम्वोधन हुने गरी नगरपालिकाले एक करोड रुपैया विनियोजन गरेको वताउनु भयो । उनले अब हरेक विद्यालय नयाँ सोच र उचाइका साथ अघि बढ्नुपर्ने भन्दै विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउनका लागि अनवरत रुपमा प्रयासरत रहेको समेत जानकारी दिए । नगरभित्र रहेका ३२ सामुदायिक र २५ संस्थागत विद्यालय रहेको उल्लेख गर्दै उनले भने,शैक्षिक गुणस्तर माथि उकास्नका निम्ति आफु रातदिन लागि परेको वताउदैे शुक्लाफाटा नगरपालिकालाई पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने तर्फ नगरपालिका तयारी गरिरहेको वताए । नगर क्षेत्रमारहेका विद्यालयहरुले विभिन्न विषयको प्राविधीक शिक्षाको संगै मास्टर डिग्रीको समेत पढाई शुरु भैसकेको उहाले वताउनु भयो ।
          विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण ठगुन्नाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लाफाटा ७ का अध्यक्ष जगत वहादुर सिह, वडा नं. ८ अध्यक्ष वहादुर सिह महरा लगायत विभिन्न संघ सस्था, विद्यालय लगायतका प्रतिनिधीहरुले सम्वोधन गर्नु भएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । २९ जना तालिम प्राप्त अनुभवी शिक्षक तथा कर्मचारीहरुले अध्यापन गराई रहेको विद्यालयमा हाल ८० जना दलित, ९६ जनजाती र ७४० व्राह्रमण क्षेत्रीका गरी जम्मा ९ सय १६ जना विद्यार्थीहरु अध्यनरत रहेको वताइएको छ । विद्यालयका प्रधानाध्यापक पिताम्वर जोशीले प्रस्तुत गरेको प्रगती प्रतिवेदनमा विद्यालयको स्वामित्वमा रहेको २८,४८० वर्गमिटर क्षेत्रफल जमिन मध्येवाट ८, ५६६ वर्गमिटर खेत ीगर्ने उदेश्यले छुट्याइ वाकी जमिनमा साना ठूला गरी १० वटा भवनमा ३० वटा कक्षा कोठा रहेको उल्लेख गरिएको छ । ७ करोड ४३ लाख वढीको भौतिक सम्पत्ती रहेको विद्यायमा कक्षा १२ सम्मको अध्यापन गराई रहेको छ । २०२६ सालमा स्थापना भएको धर्मजनता माध्यमिक विद्यालयले २०२९ साल पौष २० गतेका दिन कानूनी मान्यता प्राप्त गरेकोले प्रत्येक वर्ष पौष २० गतेका दिन आफ्नो वार्षित्सोव मनाउने कार्य गर्दै आइरहेकोछ ।

प्रतिकृया दिनुहोस