• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

"मन नै मन्दिर "

विर वहादुर राजवंशी

Fm Radio Link

"मन नै मन्दिर "


संसारमा जीव र जगत् को श्रृष्टिलाई दृष्टि संग दाम्पत्य जीवनको खुशीमय र सुखी रहोस् भन्ने हरेक कसैको चाहना हुन्छ। संसार विचित्र छ। ''जीवन संघर्षशिल छ'', मानिसको कल्पना भन्दा बाहिर छ। किन कि विश्व प्रविधियुक्त भैरहेको छ। मानिसको आकांक्षा सोचाई बुझाइ प्रयोग गराई सो प्रविधिबाट प्रभावित भएको छ।

 

त्यसले पारेको प्रभावको प्रति उत्पादक असर हरेक मानिसमा हुन्छ। तर यसको अनुभव र चाहना विरलै मानिससंग मेल खान्छ। बाँकी आ आफ्नो जीवन व्यवहार अनुभूति फरक फरक नै हुन्छ। जब वस्तुगत परिस्थिती र प्रविधिको एकापसमा तालमेल वा समझदारी मिलाउन सकिएन भने ठूलो आत्मसंघर्ष हुन्छ।

 

यद्यपि आफू पराजय भैइयो,न्यूनतम् जीवनको ढाड्स दिने पत्नी/पति संघर्षको उतर्राधमा आत्मीयता शेयर भएन भने बोझिलो डिप्रेशनको शिकार हुनुपर्ने हुन्छ। तर कतिपय जीव वैज्ञानिकहरुको भनाई अनुसार तनाव घटाउन सेक्स आवश्यक हुन्छ, भन्छन्। तर सबथोक चाहि होइन, त्यसको लागि मन, भावना र चाहना पनि मेल खाएको हुनुपर्छ। राजनीतिक र जीवन संघर्षको उचाइमा पुर्याउन वर्ग मिल्नुपर्छ, भन्छन्। दाम्पत्य जीवनमा पति/पत्नी विच मनको रसायन मिल्नुपर्छ।

 

यो तादम्यता मिलेन भने मन मन्दिर होइन, दानवको बास हुन्छ। यसको सामान्य वर्तमान समाजमा रहेका प्रवृति दुई वटा वस्तुगत अवस्थालाई मध्यनजर गरी प्रस्तुत गर्न गैरहेको छु। एउटा दाम्पत्य परिवारिक जीवन र वर्गको अन्तरसम्बन्धको छोटो बुझाइ प्रस्तुत गरिएको छ। जसमा मन तथा मायासंग राष्ट राष्ट्रियता  स्वाभिमान स्वाधीनता र एकात्मक पुँजीवादी चरित्रले समाजलाई ठाडै चुनौती दिइरहेको आभाष हुन्छ। जसको टिप्पणी यसरी गरिएको छ।


[ १]:-नितान्त पति/पत्नी बिच दाम्पत्य जीवन खुशी र सुखमय रहिरहने हो भने सो नै मनको मन्दिर हो।जीवन आकांक्षै आकांक्षाले भरिएको हुन्छ। त्यसको खुशीको लागि संगै मर्ने संगै बाच्ने बाचा कसम नै सामाजिक संस्कारले प्रदान गरेको छ। तर प्रविधिको विकासले मानिसको आकांक्षा आवश्यकता सम्बोधन गर्न जीवन जीउन समाधानको माग गर्दछ। सो साधन अधिक्तम उपयोग गर्न कार्यक्रम बनाई बाँड फाँट गर्नुपर्छ।

 

विकसित र विकासोन्मुख राष्टको नागरिकले धार्मिक तथा कानुनी बन्धनमा बाँधिएको छ। त्यसबाट फराकिलो हुन खोज्दा कतिपय संस्कार, परम्परा, सामाजिक संरचनाले रोकेको छ। जस्तै पति घर बाहिरको जोहो गर्न र पत्नीले घरभित्रको व्यवस्थापन मिलाउनु पर्ने अझै कंक्रिट छ।आज हामी लोकतन्त्रको कुरा गर्दा केहि पहुँच वाला बाहेक रुपरंग बद्लिएको छ, प्रवृति यथावत छ।

 

समाज विज्ञानको ब्याख्या विश्लेषण आ आफ्ना चेतना बुझाइ चिन्तन अनुसार प्रवृतिहरूसतहमा देखिनु अवगत नै हुनुपर्छ। परिवारिक बन्धन र अवतरण व्यक्तिगत शैली स्वभावमा भरपर्छ। जीवन गुजारा गर्न हरेक चुनौती संग लड्दै भिड्दै गोलकीपर र रेफ्फ्रीको भुमिका पति पत्नी नै हुन्।

 

तर वर्तमान अवस्था भिन्न देखिन्छ। किन कि प्रविधिको विकासले जवर्जस्त अब्बल हुदै आएको छ, भने समाजको आत्मगत पक्ष व्यक्तिगत आयश्रोत न्युन रहेको छ। यसबाट सृजना गरेको अन्तरविरोध समाज हुदै अन्तिममा पति/पत्नीमा ठोक्किन्छ । त्यसकारण हरेक कसैको सफलताको चाहना परिवारभित्र खोजिनुपर्छ।

 

परिवारको खुशी र सुखी पति/पत्नी एकापसमा जस्तोसुकै दु:ख पीडा र कुनै खुशीको क्षण पनि आदानप्रदान भएकै हुनुपर्छ। यो कुरा अभिव्यक्त पति/पत्नी विच हाँसी खुशी लडाई झगडा देखि सेक्ससम्म हुन्छ। सेक्स एउटा तनाव घटाउने माध्यमको रुपमा लिइन्छ। सेक्स खुशी मनले हुने कृया हो। पति/पत्नी हुनु भनेको सेक्स गर्नु मात्र होइन। पति/पत्नी तन मन धन रसायन पनि हो।तव मात्र मन विश्राम गर्ने ठाउँ बन्छ।कुनै बेला घर बाहिर विभिन्न प्रतिकुल परिस्थितीसंग सामना गरि फर्किएको समय सान्त्वना प्रेरणा सहानुभूति दिने पात्र (पति,पत्नी तथा प्रेमिका) हुनुपर्छ।

 

यस्तो बेला दु:ख पीडा समस्या समाधान गर्ने महत्वपूर्ण स्थान हो। यस प्रकारको जीवन मन नै मन्दिर हो। यो सुगम बास हो।नकि जग्गा जमिन धन सम्पत्ति मान मर्यादा भएतापनि जीवन साथी उपयुक्त पात्र मिल्नुपर्छ, नत्रराक्षसको बास हुन आउँछ। सुन्दर मनले सजिएका पति पत्नीको ठाउँमा लक्ष्मी/विष्णु,माता/पिता,पार्वती/महादेव को बास भएको हुन्छ। यद्यपि यस प्रकारको जीवन मन भएन् भने राक्षसको बास हुन आउँछ।

 

विष्णुले कमाई ल्याएको सम्पत्ति राम्रोसँग स्याहार गर्ने लक्ष्मी भइन।पितालाई भोक पियास सोधखोज खाना खुवाइन्छ,ऊ माता भइन। महादेवलाई उठबस सुत्न बास दिइन,ऊ पार्वती (पत्नी)भइन। विष्णु,पिता,महादेवसंग कल झगडा गरिन,ऊ लक्ष्मी, माता र पार्वती नभैइ राक्षस भैइन।

 

यस प्रकारको  उल्लेखित बिषय समाज परिवारको निर्धारण गरेको हुन्छ। ठिक यहि बेलामा आफूलाई आदर्श, प्रेरणाको स्रोत, सहानुभूति दिनुहुने यादगर सम्झना आउँछ।


[२]:-कुनै एउटा वस्तुगत र आत्मगतपक्ष मजबुत बनाउन उसको आर्थिक, नैतिक, भौतिक र मानसिक चेतनामा आधारित हुन्छ। सो चरित्र ग्रहण गर्न राष्ट्रिय अन्तराष्ट्रिय विश्व ब्रह्माण्डलाई वर्ग अनुसार सेवक बनेको हुन्छ।

 

विश्व भूमण्डलीकृत अवस्थामा बहुसंख्यक जनता समुदाय राज्यलाई एकात्मक पुँजीवादी राज गरिनेहरू बिच निरपेक्ष संघर्ष चलेको हुन्छ। तर प्रविधिको दुनियाँमा न्यूनतम शर्तमा लोकतान्त्रिक शक्तिहरूको एकापसमा तालमेल वा समझदारी सहअस्तित्व स्वीकारोक्ति गरेकै हुनुपर्छ।

 

ती सबै वर्गले आफ्नो रक्षा कवज धर्म अन्तराष्ट्रिय राष्ट्रिय कानुनले बाध्यकारी बनाएको छ। जसले गर्दा विश्वमा शीतयुद्धदेखि विभिन्न लडाई परिवर्तन चाहने आन्दोलन समय सापेक्ष सचेत रूपमा भएको क्रियाकलाप जारी रहेको हामी सबै भागेदारी छौ।जो आमूल परिवर्तन चाहन्छ,उसको राष्ट राष्ट्रियता बाहेक व्यक्तिगत कुनै स्वार्थ हुदैन।यो अदभुत प्रेम माया मन हो।उहाँको राष्ट राष्ट्रियता स्वाभिमान देशभक्तीले ओतप्रोत भएको हुन्छ।

 

मानिसको सबभन्दा प्रिय आफ्नो व्यक्तिगत जीवन हाँसी हाँसी उत्पिडित उपेक्षित धर्तीमा रातो रगतले सिंचाई गरेको छ, र हुन्छ। ऊसंग कुनै रुपरंग, धर्म, जात र क्षेत्रीयता हुदैन, हुन्छ भने केवल वर्ग। यस प्रकारको जीवन मन भविष्यको आदर्श र कुनै देवताको प्रतिक बन्छ। यो ब्रह्माण्डमा मरणोपरान्त मात्र यस्तो पात्रको चर्चा हुने गर्छ । यो पनि एक मनोवैज्ञानिक कथा हो। यो मानव समाजको सोचाई बुझाइ प्रतिबद्ध रहेको अम्मल हो।


मानवीय जीवनको भारि बर्षा यसरी सुस्ताएको देख्दा एक मनोवैज्ञानिक कथा कहानी इतिहास रगतसंग लतपतिएको हुन्छ। यसकारण दाम्पत्य जीवनको खुशीमय र सुखी रहन गरिएको संघर्ष र वर्गको अन्तरसम्बन्ध गासिएको पहिचान हो।

 

यो अन्तमा मानिसको मन विश्राम गर्ने ठाउँ घर पति पत्नी वर्ग समाज नै हो। मनको विश्राम गर्ने बगैँचा भावनाको मन्दिर घर हो।घर नै पति पत्नी प्रेमिकासँग सम्बन्ध गाँसिएको हुन्छ।


धन्यवाद।
मिती २०७८।११।३०सोमबार।

प्रतिकृया दिनुहोस