• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

थाकस कैलालीका सभापति लाहुराम चौधरीको निधन

Fm Radio Link

धनगढी, मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु कल्याकारिणी सभा (थाकस) कैलालीका सभापति एवम् थारु अगुवा लाहुराम चौधरीको आज निधन भएको छ ।


धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।धनगढी उपमहानगरपालिका–३ बड्हरावासी चौधरीलाई छ लेन सडकका पैदल हिड्दै गरेको अवस्थामा शनिबार साँझ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।


मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस