• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

"विद्रोहको उर्वरा भुमि कंचनपुर। "

Fm Radio Link

पालको सात प्रदेश सत्हत्तर जिल्ला सातसय त्रिपन्न पालिका मध्ये आदिवासी जनजाति भूमिपुत्र थारु समुदाय हरूको विगत बाहुल्यता रहेको ठाउँ कंचनपुर जिल्ला कृष्णपुर नगरपालिका राजी,खुना,सोनाहा,राना र डगौरा (थारु)यहाँको वन जंगल जल जमिन हैजा विफर औंलो लगायत दैविक प्रकोप र विभिन्न किटफट्याङ्ग्रा जंगली जनावरसंग मुकाविला सामना गर्दै खेती योग्य उर्वरा जमिन बनाएको ऐतिहासिकताले सावित गर्दछ।

 

ऐतिहासिकता आफैमा राज्य एकिकरणको नाममा उत्पीडितहरुको धरोहर भाषा संस्कृति र इतिहास विभिन्न बाहाना ढेक्कुट्वा,नोन लेहुइया,छेग्रहवा, भैरहवा,गयरूवाको रूपमा आगमन भैइ कंचनपुरको सदरमुकाम बेलौरी हुदा वि स २०१८सालको जनसंख्या तथ्यांक सैतिस हजारको ९५%थारुहरुको थियो। 

 

आज वि स २०७९।०२।१९गते भौतिक रूपमा अभिलेख हेर्दा विभिन्न बाध्यात्मक कारणले प्रतिस्थापन भैइएको छ। 

 

कंचनपुर जिल्लामा आदिवासी थारु भुमि पुत्र भएतापनि शुरुवाती राज्यबाट हमला भाषामा भएको छ। जस्तै थारुको जात डगौरा हो ? होइन, यद्यपि दाङ्गको आगमनकै कारणले थर बनाइदिएको छ। विभिन्न राजा रजौटा कोठारी खटोली प्रथाले पनि जमिन अन्नवाली वास्तविक कृषकबाट खोसिएको छ। यहिबाट थारु चेलीबेटी महिलाहरुको अस्मिता लुटिरहेका थिए। क्रमिकरुपमा मानव बिच पशुसरह किनबेच कमैया सौकी, जमिनदारलाई उल्टो कमैया, बुक्रहि, छेग्रहवा, भैसर्वा सामन्तीहरूले राख्न थाले।र एउटा सामन्तबाट अर्को सामन्तसंग बेचिनुपर्दथ्यो।

 

कोठारीलाई पहाड मधेश तराई खटोलीमा गाउँ भरिका एक घर एक घरधुरी एक जना अनिवार्य थारु गाउँको बडघर भल्मन्सा मार्फत बेगारीको नाममा ओहोरदोहोर खेतीपाती गर्ने गरेका थिए। सुग्घर सुन्दर चेलीबेटी बुहारी पत्नी विवाहको पहिलो सुहागरात मालिकलाई दिनुपर्नेको पतीलाई कतिको पीडा हुन्थ्यो ? होला। सामन्त मालिकहरु को छोराभाई आफैंले कमैया लगायतका महिला छोरीहरू लाई आँखा सामुन्ने बलात्कृत हुन देखिनुपर्ने,प्रतिरोध गर्दा उनीहरूलाई बेपत्ता पारिएका थिए, छन।

 

यस्तो प्रकारको बाध्यता यो धर्तीमा कंचनपुर जिल्ला वि स २०३६।३७हुदै २०४७को जनआन्दोलनले र वि स २००७को भिमदत्त पन्तको नेतृत्वमा किसान आन्दोलनले पुर्णता दिन पाएन।"जसको जोत उसको पोत"भन्ने नारामुनी किसान आन्दोलन भएको थियो। आखिरी समस्या राजनीतिक कार्यदिशा सहि वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ। भने झै वर्गीय नै समस्याको मुल जरो हो,भनी वि स२०५२ सालदेखी वर्गीय मुक्ति प्राप्तीका लागि लुम्बिनी प्रदेश रोल्पा रुकुमतिर नेकपा माओवादी पार्टी प्रचण्डको नेतृत्वमा प्रारम्भ भयो। यस जिल्लामा यस आन्दोलनको प्रचार प्रसार भएको थिएन।

 

तर राज्यले थारु भाषा संस्कृति र इतिहास जरूर मिचेको थियो, छ।फलस्वरुप थारु भाषा तथा साहित्यिक उत्थान मञ्च गोचाली परिवार (२०२८)वि स २०५४साल कृष्णपुर नगरपालिकामा महाकाली माध्यमिक विद्यालय वसन्तपुर प्रथम् भेला सम्पन्न र बन्जरिया गाउँमा जिल्ला कार्य समिति गठन भएको थियो। त्यसको जुन उदेश्यीले गठन पश्चात प्रचार प्रसार नहुदै राज्य प्रशासन मार्फत त्यतिबेलाको शासकले दमन ढडपकड तारेख खानतलासी गरे, सो समिति स्थीर रहे, विस्तार हुन सकेन। माथिको उल्लेखित अन्याय अत्याचारको सीमा नाघिदै गयो।

 

जवरजस्त विज्ञानले सावित गरेका विपरित ध्रूवको आकर्षण भने झै अन्यायअत्याचार को भकुण्डो भुईंमा राज्यले जति बज्रियो,त्यति मात्रामा वि स २०५६साल तत्कालीन पिपलाडी गाविस वडा नं १पडावमा स्वर्गीय रामचरण चौधरीको प्रमुख आतिथ्यमा थारूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल कंचनपुर जिल्ला कार्य समिति गठन भैई वर्गीय मुक्ति बेगर जातीय मुक्ति असम्भव सावित भएको छ।

 

सोही क्रममा संगठन विस्तार प्रचार प्रसार राम्रो भयो । वर्गीय मुक्ति प्राप्तीका नीति सिद्धान्त विचार आधारभुत आदरणीय व्यक्तित्व र जनसमुदायको परिवर्तनको संवाहक बन्न सकिने सम्भावना देखिँदा जनलहर "मुक्ति या मृत्यु" को कसम खाई अन्याय अत्याचारको सीमा पार भैसकेपछि मृत्यु नै प्यारो सम्झी भौतिक, नैतिकता,आर्थिक लगायत समग्र त्याग तपस्या र वलिदान राष्ट्रका लागि समर्पित भए।फलस्वरुप यहाँका उत्पीडित जनसमुदाय थारु र दलितहरु लाई विशेष गरि उत्पीडक शासकको आदेशात्मक अनुसार जघन्य अपराध लुटपाट, बलात्कार, दमन, हत्या जस्तो प्रसव पीडा अन्याय अत्याचार आतंकवादीको देश द्रोहीको आरोपमा नेपाली नागरिकलाई नै घृणाले हेर्यो। यद्यपि केही यो कुरा लोकतान्त्रिक गणतन्त्र स्थापना भएतापनि व्यवहारिक रूपान्तरण गर्न आँट गरेको देखिदैन। 

                            वर्गीय समाजमा समानताको दृष्टिकोण नभएसम्म सृष्टी गर्न सकिदैन। समाजप्रतिको दायित्व बुझाइ समान नहुन्जेलसम्म संस्कार प्रवृति यथावत रहदा शासकले घृणाले थारु दलित नेपालमा भएको विभिन्न राजनीतिक दलको आस्थावान हुदा हुदै जवरजस्त दमन गर्न सजिलो बाटो देश द्रोही आतंकवादी आरोपमा कृष्णपुर नगरपालिका वडा नं ६बन्जरिया वलुवाफाटा सिहपुर, कंचनपुर लाई सानो रोल्पा भनी दमन गरियो।शुक्लाफाटा नगरपालिका वडा नं ३ जोनापुर पिपलाडी तत्कालीन पडाव गाउँ प्रतिस्थापन तथा  बेवारिसे उठिबास भयो। एकले अर्काको घरसम्म जान प्रतिबन्ध गरायो।आस्थावान रहेको घरवाला सदस्यहरू समेत् बोल्न, हेर्न, खान,बस्न र जान सकिएको अवस्था थिएन।यो राज्यले स्वयम् उत्पीडित समुदायलाई छेदविच्छेद समाजलाई नै मानसिक भौतिक रूपमा नै पारियो। आफ्नै घरमा सामान्य जनतालाई चैनले खानबस्न लगायत जीउ जोगाउन सहित सकेनन्, हत्या गरिएको छ। आदी इत्यादी जीवन मरणको दोसाँधमा "त्याग, तपस्या र वलिदान राष्ट्रका लागि। सामुहिक साहस आमूल परिवर्तनका लागि "नेपाल को लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना संघीयता, गणतन्त्र, समावेशी समानुपातिक र धर्म निरपेक्ष राज्यको कानुनी व्यवस्था छ। तर पनि अझै नेपालको स्थायित्व शासन गरिने शासकको जीवन चरित्रमा कानुन सम्वत् कार्यान्वयन तह फितलो छ।"जसको लट्ठी उसैको भैस " नेपालको संविधान लागु गरिने निकायको संरचना हुदा "जुन जोगी आए पनि कानै चिरेको "गरेको सुनिन्छ र भोगिरहेका छन्। 

         कंचनपुर जिल्ला विशेषतह जातीय उत्पीडन नै छ। जहाँ भाषा छ,त्यहाँ संस्कृति छ।जहाँ संस्कृति छ,त्यहाँ पहिचान छ।जहाँ पहिचान छ,त्यहाँ राष्ट्रियता छ।जसको पहिचान र आफ्नो अस्तित्वको लागि विभिन्न चरणमा आन्दोलन भएको थियो। वि स २००७सालमा किसान आन्दोलन,किसानको जमिन निर्माणमा भुली र गुलरीया आन्दोलन,निर्दलीय र बहुदलीय आन्दोलन, प्रजातन्त्रको आन्दोलन, कमैया मुक्तिको आन्दोलन, वर्गीय मुक्ति आन्दोलनको आँधीबेहरी राज्यबाट एक सय छयालीस जनाको मृत्यु र अर्तिस जना अझै बेपत्ता पारिएका छन्। वि सं २०६२।०६३को जनआन्दोलन,वि स २०७२सालको पहिचान तथा संघीय गणतन्त्र नेपाल स्थापनाको आन्दोलन अविस्मरणीय अतुलनीय उत्पीडित वर्ग समुदाय को न्यायिक योगदान रहेको छ। जसरी समाज रूपान्तरणको अतुलनीय योगदानले लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भयो। सोही सुनौलो अवसरमा पुर्ण प्रतिस्पर्धा राजनीतिक दल मार्फत गरिएको अवसर प्रदान भएको छ ।

 

आज कुनै वर्गको विजय र पराजय विना वर्ग समन्वयमा केही लिङ्ग र दलित समुदायको राजनीतिक दलको राजकिय सुनिश्चित गरि "बाघ र बाख्रा बिच"को प्रतिस्प्रधात्मक आन्दोलनको रूपमा सहभागीता रहेको छ। वर्ग विभाजित समाजको सहअस्तित्व सशस्त्र जनयुद्ध र जनआन्दोलनको संयोजन "फलामको चिउरा चपाउनु सरह चुनौती "लाई बाह्रबुँदे सम्झौता शान्ति वार्ता विभिन्न आयोगको गठन ,अन्तरिम विधायक,अन्तरिम संविधान,अन्तरिम सरकार संविधान सभाको निर्वाचन सम्पन्न पश्चात संविधान सभाबाट संविधान निर्माण हुनुले लोकतान्त्रिक गणतन्त्र नेपालमा संघियता, गणतन्त्र, समावेशी र धर्म निरपेक्षता सहित राज्यको मौजुदा कानुन र धार्मिक मान्यता अनुसार स्थानीय सरकार संचालन ऐन तथा एक अनिवार्य महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। राष्ट्रिय सभा र व्यवस्थापिका संसद्मा अनिवार्य उपाध्यक्ष र उप सभामुख हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ। त्यसैगरी जनसंख्याकोआधारमा लोकसेवा आयोगको प्रतिनिधित्व सुनिश्चित गर्न मिलाइएको छ ।

 

 कंचनपुर जिल्ला विशेष तह विभिन्न चरण, समयमा भएको वर्ग संघर्ष विभिन्न आन्दोलनको उपज नै माथि उल्लेखित अधिकार सुनिश्चित गरेर राज्यको आन्तरिक प्रशासन स्थाई सरकार संचालनमा आमूल परिवर्तनको आवश्यकतालाई तदरुक्ताका साथ कार्यान्वयन तहमा विशेष जोड दिनुपर्ने हुन्छ।

 

यसको सिल्सिलामा नै संघीय माननीय श्री रेशम चौधरी जन अनुमोदित अमुल्यमतद्वारा निर्वाचित पदाधिकारीहरुलाई मौजुदा कानुनको राजनीतिक सवाल जवाफ प्रक्रियाको धज्जी उडाएको छ। जे जसो भएपनि विद्रोहको उर्वरा भुमि कंचनपुरले पनि परिवर्तनको संवाहक बन्न भर्याङ्ग थपिएको छ। यसरी कंचनपुर जिल्ला समाज रूपान्तरणको अतुलनीय योगदान र संघर्षको प्रक्रिया भौतिक सहभागिता जनाउँदै आएकाले विद्रोहको उर्वरा भुमि कंचनपुर बनेको छ। 

धन्यवाद। 

२०७९।०२।२१ शनिवार 

प्रतिकृया दिनुहोस