• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

जङ्गली हात्तिको आक्रमणबाट १६ वर्षिया किशोरी जोशीको मृत्यु

Fm Radio Link

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको  वडा नं। ७, सिमलफाटामा हात्तीको आक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । 

 

सोमवार साँझ ७ः३० बजे  वैजनाथ माधयमिक विद्यालय कसरौलमा कक्षा १२ मा अध्यनरत किशोरी मिना जोशीको मृत्यु भएको छ ।

 

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार राष्ट्रिय निकुञ्जवाट हात्ति गाँउ पस्न लागेका थिए । हात्तिबाट बच्न भाग्दै गरेकी किशोरी जोशीलाई बाँसको झाडीमा हात्तिले आक्रमण गरी ज्यान लिएको छ ।

 

कृष्ण माध्यमिक विद्यालय सिमलफाटाको जमिनको नर्सरीमा घर रहेका जोशीको परिवारको अवसथा कमजोर भएकोले किशोरी जोशीको निः शुल्क शिक्षाका लागी शुक्लाफाटा नगरपालिकाले विद्यालयलाई सहयोगको लागी पत्राचार गरी निशुल्क अध्ययन गर्दै थिइन् । मृतक जोशीको शव परिक्षणको लागी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पलता लगएको प्रहरीले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस