• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लाफाँटा नगर कमिटीले पेशागत शिक्षकका  २३ ओटा माग राख्दै बुझायो ज्ञापनपत्र

नगरप्रमुख रणबहादुर महरा मार्फत तीनै तहका सरकारलाई ज्ञापनपत्र

Fm Radio Link

कञ्चनपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लाफाँटा नगर कमिटीले पेशागत शिक्षकका  २३ ओटा माग राख्दै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा मार्फत तीनै तहका सरकारलाई ज्ञापनपत्र वुझाएको छ ।

 

ज्ञापनपत्रमा शिक्षा ऐन अविलम्व जारी गर्नुपर्ने, खस्किदै गइरहेको सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि सरकारले तत्काल दीर्घकालीन र तत्कालीन योजना ल्याउनुपर्ने, विभिन्न थरिका शिक्षकलाई एकै किसिममा ल्याउनु पर्ने, विद्यालयहरुमा खानेपानी, विद्युत, सञ्चार, मर्मत, सरसफाई, लगायतका शीर्षकमा वजेटको व्यवस्था गरिनुपर्ने, विद्यालय कर्मचारीको सेवासुविधा लगायतका समस्या समाधान गर्नुपर्ने, निजीश्रोतका शिक्षकका समस्या समाधान गर्नुपर्ने, विषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने, राहत शिक्षकका समस्या समाधान गरिनुपर्ने, विद्यालयको अनुगमन मुल्यांकन हुनुपर्ने, लगायतका शिक्षासंग सम्वन्धित मागरहेका छन् ।

 

नगर प्रमुख महराले स्थानीय सरकारवाट सम्वोधन गर्नसकिने मागहरु स्थानीय सरकारले र प्रदेश तथा संघीय सरकारवाट सम्वोधन हुने माग सम्बन्धित निकायमा पहल चाल्ने बताए । नगरसमितिका अध्यक्ष राघवप्रसाद अवस्थिको नेतृत्वमा गएको शिक्षकहरुको प्रतिनिधिमण्डललाई प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले माग जायज रहेको र सो सम्वोधनका लागि नगरपालिका सकारात्मक हुने र शिक्षकहरुले अझ लगनशील तथा इमान्दार भएर काम गर्नुपर्ने वताए ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चि प्रदेश समितिको निर्णय बमोजिम प्रदेशका कार्यकारी निकायहरु र समन्वय ईकाइहरु मार्फत तीनै तहका सरकार समक्ष ज्ञापनपत्र वुझाउने कार्यक्रम रहेको थियो ।

प्रतिकृया दिनुहोस