• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

तराईका थारु महिलाले मनाउने जितिया पर्वको ओठघन तथा शुभकामना कार्यक्रम लहानमा सम्पन्न

सार्वजानिक विदा दिने

Fm Radio Link

सिरहा, लहान नगरपालिकाले विहिवार जितिया पर्वको ओठघन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । लहान नगपालिकाद्धारा आयोजना गरेको कार्यक्रममा थारुको कला, संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो । थारु जातिले जहिले पनि प्रकृतिलाई पुजा गर्ने छ, जसले गर्दा आफ्नो घर परिवार बालबच्चालाई केही संकट नआवोस भनेर यस्ता पर्वलाई एकदमै महत्वका साथ लिएका छन्, जितिया पर्वमा जितमहान, सुर्य देवताको मुख्य रुपले पुजा गरिनुका साथै जितमहानको कथा सुन्ने गरिन्छ ।

 

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख अथित्यमा भएको कार्यक्रममा विशिष्ठ अथितीमा थारु महिला सभाका केन्द्रिय अध्यक्ष भगवती चौधरी, था.क.स. सिरहाका अध्यक्ष सत्य नारायण चाधरी, था.क.स. सिरहाका पुर्व अध्यक्ष तथा थारु बुद्धिजीवि अजय चौधरी, थारु महिला सभा सिरहाका अध्यक्ष सतौनी देवी चौधरी अथितीहरुमा वडा नं. ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरी, वडा नं. १२ का वडा अध्यक्ष बद्री नारायण चौधरी , वडा नं. १ का वडा अध्यक्ष युगल किशोर चौधरी, वडा नं. १५ का वडा अध्यक्ष तेज नारायण चौधरी, पत्रकार लगायत लहान नगरपालिकाका १ देखि २४ सै वडाका महिलाहरुको उपस्थिती रहेको थियो ।


 

जितियालाई भाई बहिनीको स्नेह र मायाको पर्वको रुपमा पनि लिने गरिएको था.क.स. सिरहाका पुर्व अध्यक्ष तथा थारु बुद्धिजीवि अजय चौधरीले बताउनु भयो । चौधरीले भन्नु हुन्छ सुईद लागे भने मात्र जितियाको ब्रत आरम्भ गर्न सकिन्छ र यसपालिको जितियामा राम्रो सुईद लागेको छ, जुन जितिया नव विवाहित महिला र जसको केही कारणबस जितिया छुटेको हुन्छ तिनीहरुले पनि आफ्नो जितिया उठाउँन सकिन्छ ।

 

जितियाको शुभकामना दिदै था.क.स. सिरहाका अध्यक्ष सत्य नारायण चौधरीले भन्नु भयो जितिया अहिले तराईका थारु महिलाले मात्र हैन कि यहाँ बसोबास गर्ने मधेसी तथा पहाडी समुदायका महिलाले पनि मनाउँने गरेका छन् ।

 

यस वर्ष देखि लहान नगरपालिकाले प्रत्येक वर्ष जितिया पर्वको सार्वजनिक विदा दिने प्रमुख अथितीको आसन्नबाट बोल्दै नगर प्रमुख महेश प्रसाद चौधरी घोषणा गर्नु भयो र यस पर्वमा देशैभरीका महिला दिदी बहिनीहरुलाई सरकारले सार्वजानिक विदा दिनु पर्छ भनेर पहल गर्ने प्रतिबद्धता गर्नु भयो ।

प्रतिकृया दिनुहोस