• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै : राजेन्द्र चटौत 

Fm Radio Link

काठमाडौँ, कतै विरोध कतै समर्थनमा देशभर संविधान दिवसको कार्यक्रमहरु सम्पन्न भयो । यसैबीच काठमाडौँको बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरे, चटौतले सम्बोधनकै क्रममा हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही नभएको बताए ।  

 

उनले भने, नेपालका प्रमुख दलहरुलाई आज आनन्द छ, जनतालाई संविधानले ग्यारेन्टी गरेको अधिकार डेलिभर नगर्दा कहिँ कतै विद्रोह छैन । राजसी भोगविलास र राज्य सत्ताको यात्रामा जनता र झोले कार्यकर्तामा केही फरक नहुनु आज दुःखद् कुरो हो ।  राजनैतिक दलले सैद्धान्तिक रुपले आफुले आफैलाई र जनतालाई ढाटिरहेका छन् । प्रजातान्त्रिक समाजवादको अभ्यासबाट हामी निकै पर छौ ।  एमाले, माओबादी र कांग्रेसले अब  पुँजिबादलाई अङ्गीकार गरेर मुलुकको सम्पन्नता तिर लाग्नुपर्छ । 

 

सम्बोधनको मूल अंश:

 

सम्बोधनका क्रममा जनजाती र महिलाको सबालमा राज्य निकै संबेदनशील भएको तर राज्यको प्रत्यक्ष पहुँचमा रहेको समुहले भने केवल जनजाती मुद्दा इलेक्सेन कार्ड मात्र भएको बताए । उनले भने समन्त र पूँजिपतीहरुको  समुह छ , तिनका रक्तिबीजहरु यो मुलुकमा शिक्षा, लगानी र रोजगारीको निम्ति  विदेश पस्ने गरेका छन् , बिवाह र प्रजननको निम्ति मात्रै नेपाल रोज्नु निकै दुःखद् छ ।

 

आज राज्यले महिला र जनजातीको निम्ति अनेकन अवसर सिर्जना गरेको छ तर आरक्षणको कुनै पनि मुलभूत उद्देश्य पुरा भएको छैन । आरक्षणको अन्त्य गर्ने पूर्वसर्तहरु बारे आज सबै दल र तथाकथित युवाहरु मौन छन् ।  युवा र पुस्तान्तरणको नारा बीच रुपान्तरणको विरुवा मर्न लागेको छ ।  

 

नेपाली कांग्रेसले विधान अधिवेशन गर्न टारेर चुनावमा जानु नैतिक भुल हो।  नीतिगत रुपमा नेपाली कांग्रेस आज प्रष्ट छैन । पार्टी भित्र बौद्धिक दलालहरुको समूह सक्रिय छ र तिनकै कारण नेपाल, हाम्रो संविधान र हाम्रा युवा नेताहरुको भविष्य अन्यौलमा रहेको छ ।  

 

आज ल्याटरल इण्ट्रिको नाममा स्वार्थ समुहका मान्छेहरुलाई चोर बाटोबाट पार्टी नेतृत्वमा ल्याउन खोजिदैछ । भात्री संस्थाहरु आज अलपत्र छन् । युवा नेताहरु आज पार्टिमा दूई तिहाई छन् र यो कदापि स्विकार्य हुदैन । विगतको समिक्षा गरेर अघि बढ्नुपर्ने मात्रै मार्ग हाम्रो सामुन्य छ । अब सबैले तिक्तता मेटायर योग्य व्यक्तिलाई सदमा पुर्याउन लाग्न सबैलाई अनुरोध गर्दछु ।


राजेन्द्र चटौत 
नेपाली कांग्रेस 

प्रतिकृया दिनुहोस