• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

शुुक्लाफाटाको गाउ गाउमा माघीको रौनक

Fm Radio Link

          कञ्चनपुुरको शुुक्लाफाटा नगरपालिकाको थारू बस्तीमा यतिखेर माघी मिलनको चहलपहल बढेको छ । यति खेर नगरपालिकाका १२ वटै वडामा औपचारिक कार्यक्रम गरी थारु समुुदायमा नया वर्ष मनाउन लागेका हुन ।
  

           मंगलवार एकै दिन शुुक्लाफाटा नगर पालिका वडा नं २ को लक्ष्मीपुुर, ६ को कसरौल र वडा नं ९ को भल्केपानीमा माघी मेलाको आयोजना गरी थारु परम्परा अनुसार माघी पर्व मनाइरहेको नगर वड्घर÷भलमन्सा समितिले वताएको छ । शुुक्लाफाटा नगरपालिकाले थारु समुदायको प्रथा जन्य कानुुन वड्घर÷भलमन्सा प्रणालीलाई ऐन वनाई कानूनी मान्यता दिएपछि यस वर्ष नगरका सवै वडाले वजेट विनियोजन गरी थारु समुदायको परम्परागत धर्मसस्कृति अनुसार लोप हुन लागेको पहिरन,गीतवास सँगै नाचगान र परम्परागत परिकार वनाई खाने हौसला प्रदान भएको छ । थारू समुदायको नया वर्ष सगै गाउको नेतृत्व चुयन गर्ने र वर्ष भरीका लागी वार्षिक योजना निर्माण गर्ने र गत आर्थिक वर्षमा भए गरेको कामको समिक्षा गरिने विशेष महत्त्वको पर्व भएकाले थारू बस्तीमा चहलपहल बढेको हो

 

           विशेष गरी थारू समुदायको नयाँ वर्ष र ठूलो पर्व भएकाले माघीमा थारू गाउँबस्तीमा उत्साह र उमंग छाउने गर्छ । माघी संक्रान्तीका दिन थारू समुदायमा बिहानै उठेर नुहाइधुवाइ गरी शिवजी (माहादेव)को पूजा गर्ने चलन रहेको शुुक्लाफाटा नगरपालिका–६ कसरौलका थारु अगुवा रामुु चौधरीले बताए । ‘सन्तान नभएकाले शिवजीसँग सन्तान माग्ने परम्परा छ,’ उनले भने, ‘हरेक थारू गाउँबस्तीमा आफ्ना भेषभूषा अनुसार माघी नृत्यसहित गीत गाएर नयाँ वर्षको स्वागत गर्छौं ।’आधुनिकतातर्फ अग्रसर भएका कारण कतिपय युवा युवतीले पुरानो संस्कृति बिर्सन थालेकामा बुढापाका चिन्ता व्यक्त गछन । पछिल्ला केही वर्षयता आधुनिकतातर्फ अग्रसर युवायुवतीमा पुरानो परम्परा हराउँदै गएकाले वडा नं ६ का अध्यक्ष दान सिह ऐर लगायतकालाई धन्यवाद दिदै माघी मिलनका लागी वजेटको व्यवस्था गरीदिएकोले करिव २० वर्ष पछि मात्र आफुले आफ्नै परम्परागत पहिरन सहित पुरानो नाच गानमा रमाउन पाएको चौधरले वताउनु भयो । ‘पहिले माघीमा गाउँघरमा मादल बज्थ्यो, अहिले निकै कम सुनिन्छ,’ उनले भेन्, ‘अचेल डिजे बजाएर माघी पर्व मनाइन्छ ।’

  

            थारू समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै नुहाइधुवाइ गरेर सेतो चामलको टीका लगाउने चलन छ । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल सहितको (निसराउ) दक्षिणा छुट्याएर दिदी वहिनीलाई दिने चलन रहेको छ । यस चाडमा गच्छेअनुसार थारू समुदायमा ढिकरी लगायतका परिकारका साथसाथै सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खाने गछन । थारू समुदायका महिलाहरू यतिखेर मघौटा नाचगान गर्दै बस्तीबस्तीमा रमाएका छन । थारू समुदायको माघीबाट नयाँ वर्षको सुरुवात हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवक लगायत गाउँका अगुवा चयन गर्ने समेत परम्परा छ ।

 

             नगरप्रमुख रण वहादुर महराको प्रमुख आतिथ्य र उपप्रमुख कल्पना पन्तको विशिष्ट आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा वडा नं २ का अध्यक्ष भोदुुराम डगौरा, ६ का अध्यक्ष दान सिह ऐर र वडा नं ९ का अध्यक्ष रमेश वहादुर ऐर लगायत जनप्रतिनिधी समाजसेवी र संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको कार्यञmममा सम्वन्धी वडाका भलमन्साहरुको सभापतित्वमा सञ्चालन गरिएको आयोजकले वताएको छ ।

 

प्रतिकृया दिनुहोस