• २०८१ बैशाख १७ सोमबार / Monday, April 29

श्रीमानको मृत्युदावी भुक्तानी पाएको रकमबाटै लक्ष्मिले गरिन् आफ्नो बीमा

ज्यालादारीबाट दैनिक ६ सय कमाए पनि बीमा गरेकी छु-लक्ष्मी देवी र्सिमाल

Fm Radio Link

कैलाली, गोदावरी नगरपालीकाको वडा नं. ३ मालाखेती बस्ने लक्ष्मी देवी र्सिमाल अहिले ३७ बर्षकी भइन् । श्रीमानको ४ महिना पहिले घरमा दिउँसो आराम गरिरहेकै अवस्थामा मृत्यु भयो । 

 

दैनिक ज्यालादारी कामका लागी लक्ष्मी हरेक दिन बिहान ५ बजे उठी घरको काम सकिवरी टिफिन साइकीलमा झुन्डाएर ८ बजे काममा पुग्छिन् । बेलुका ५ बजे उनको छुट्टी हुन्छ र उनि घर फर्किन्छिन् ।  


उनको ज्यालादारीकाम बाट दैनिक ६ सय को कमाइ हुन्छ । यहि दैनिक कमाइको रकमबाट उनि ७ महिना पहिले युनियन लाइफको अत्तरिया शाखाबाट आफ्नो र श्रीमानको ५/५ लाख बराबरको जीवन बीमा गरेकी थिइन् । 


लक्ष्मि देवी सिर्मालको श्रीमानको मृत्युपछि युनियन लाइफ इन्स्योरेन्सले ५ लाखको सावधिक जीवन बीमाबाट ५ लाख ५ हजार ९ सय १६ रुपैया उनलाई मृत्युदाबी भुक्तानि ग¥यो । 

 

श्रीमानको मृत्युपछि मेरो बीमाको मासिक १७ सय २५ रुपैंया तिर्नु पर्छ त्यो रकम म सजिलै नियमित तिररहेको छु -लक्ष्मि


श्रीमानको मृत्युदावि भुक्तानि वाफत आएको रकमबाट लक्ष्मीले ६ लाख ३७ हजारको युनियन लाइफ हाल (हिमालयन लाइफ) बाट १० वर्षे सिमित भुक्तानी सावधिक जीनव बीमा गरेकी छिन् । 


उनी भन्छिन्, श्रीमानको मृत्यु पछि २ छोरा र १ छोरीको भविष्य विग्रिन्छ कि भन्ने निकै चिन्ता थियो, बीमाले दिएको रकमबाट बीमा नगरेको भए खचिन्थे होला, आफ्नो र छोरा, छोरीको भविष्यकालागि फेरी पनि सबै रकम बराबरको बीमा युनियन लाइफ हाल (हिमालयन लाइफ) गरेकी छु । 

 

आर्थिक रुपमा निकै समस्या परेका बेला युनियन लाइफ इन्स्योरेन्सबाट गरेको श्रीमानको बीमाले धेरै साहारा गरेको छ । म दैनिक ६ सय कमाउनेले पनि आफ्नो र श्रीमानको बीमाको किस्ता मजाले मासिक रुपमा तिरिहाल्थे । 

 

लक्ष्मि भन्छिन्, श्रीमानको मृत्युपछि मेरो बीमाको मासिक १७ सय २५ रुपैंया तिर्नु पर्छ त्यो रकम म सजिलै नियमित तिररहेको छु । बीमा नगरेको भए आर्थिकरुपमा आज म झन् अप्ठेरोमा पर्ने थिए होला बीमाले धेरै नै साहारा गरिदिएको छ । 


 

प्रतिकृया दिनुहोस