Friday, September 18

Latest Update :

बन्द फेरबदल नहुँदा चन्द्रौटा बजार ‘स्लो डेथ’

विगतमा बिहीबार बन्द हुँदै आएको चन्द्रौटा बजार वर्तमान समयानुसार फेरबदल नहँदा आफूहरु दोहोरो मारमा पर्ने गरेको भन्दै प्रतिक्रिया जनाएका छन् ।
image

कपिलवस्तु, ५ बैशाख ।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको चन्द्रौटा बजार साप्तहिक बन्द फेरबदल नहुँदा व्यवसायी मारमा परेका छन् । विगतमा बिहीबार बन्द हुँदै आएको चन्द्रौटा बजार वर्तमान समयानुसार फेरबदल नहँदा आफूहरु दोहोरो मारमा पर्ने गरेको भन्दै व्यवसायीहरुले प्रतिक्रिया जनाएका छन् ।

चन्द्रौटामा रहेको सुप्रिया इलेक्ट्रोनिक्सका सञ्चालक हिरालाल थारुले सोही बिषयलाई इंगित गर्दै फेसबुमा लेखेका छन्ः ‘तपाईको धारण के छ ? वर्तमान सरकारको घोषणापछि साप्ताहिक दुईदिन विदा  भइरहँदा हाम्रो चन्द्रौटा बजारको नियमित बिहीबार हुने बन्दलाई फेरबदल गर्नपर्ने हो कि ?’

यस्ता अर्का व्यवसायी बन्जाडे आयुर्वेद फामेर्सीका सञ्चालक गोपाल बन्जाडे प्रतिक्रियामा लेखेका छन्ः ‘सहमत.... मेरो बिचारमा नेपाल सरकारले शनिबार र आइतबार विदा गर्ने भएपछि अबको सहि र आवश्यक दिन भनेको शनिबार हुन सक्छ । होइन भने बिहीबारदेखि आइतबारसम्म नै विदा होला जस्तो देखियो । अहिले बजारमा पहिलेको तुलनामा व्यापार पनि कमकम हुँदै आएको छ नै । सबैले यस विषयमा राम्रोसँग अध्ययन गरौँ, अनि न्यायिक हिसाबले निर्णय पनि गरौँ ।’

यता व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले साप्ताहिक सार्वजनिक विदाको दिन पारेर स्थानीय बजार बन्द गर्न प्रयास गरेको बताए । व्यवसायीहरुको हकहितमा रहेको संघ भने सहकार्य गर्न सदैब तत्पर रहेको उनले बताए । चन्द्रौटा उद्योग वाणिज्य संघलाई सहकार्य गरी शिवपुरदेखि खरेन्द्रपुरसम्मका बजार साप्ताहिक बन्द गराउने पहल गर्ने पोख्रेलले बताए । उनीहरुको हितमा काम गर्ने संस्था रहेकोले ईच्छा विपरीत कार्य नगर्ने बताउँदै अटेरी गरे कारवाही गने समेत उनले जनाए ।

त्यसैगरी अर्का व्यवसायी स्वतन्त्र फुटवेयरका सञ्चालक सुक्मद्दिन अलि लेख्छन्ः ‘बिहीबार बन्द नै ठिकै छ जस्तो लाग्छ किन कि हाम्रो बिहीबार बन्द भएको कारण सरकारी काम गर्न सजिलो हुन्छ अनि रोल्पा प्युठान दाङ शनिबार बन्द भएको हुनाले शनिबार चन्द्रौटा बजार गर्न आउँछन् मेरो विचार ।’

यस विषयमा भने चन्दौटा उद्योग वाणिज्य संघ मौन देखिएको छ । संघका अध्यक्ष ईश्वरी पाण्डेले संस्थाको महाद्यिवेशन नजिएकोले आफू केहि प्रतिक्रिया नदिने बताए । केहि महिनामा अद्यिवेशनबाट जे निर्णय परित हुन्छ, त्यसलाई आधार मान्ने उनको भनाइ छ ।