यहि साउन १४ गते सोनवागढ मन्दिरमा हुने बोलबमधाम कार्यक्रम लक्षित गरि धनगढवामा स्तरोन्नती गरिएको हो ।
चन्द्रौटा, ४ साउन ।
कपिलवस्तुमा खरेन्द्रपुर(भितरिया जाने सडकखण्ड अन्तर्गत हिलाम्मे सडक स्तरोन्नती गरिएको छ । यहि साउन १४ गते सोनवागढ मन्दिरमा हुने बोलबमधाम कार्यक्रम लक्षित गरि धनगढवामा स्तरोन्नती गरिएको हो ।
शिवराज नगरपालिका(३, स्थित मैनार खोलानजिक रहेको ऐतिहासिक सोनवागढ मन्दिर जाने सडक अत्यधिक हिलाम्य भएपछि सडक मर्मत गरी हिलोमुक्त बनाइएको छ । वडा नम्बर(३ का अध्यक्ष टेकलाल सापकोटाको पहलमा सोमबार दिउसो चार टिप्पर मिस्टक ९ग्राभेल० खसालेर शिवराज नगरपालिकाको जेसीबी प्रयोग गरी सडक मर्मत गरिएको बताए ।
सडक सुधारसँगै स्थानीयवासी, श्रद्धालु तथा सवारीसाधनलाई सहज रूपमा आवतजावत गर्न सकिने भएको छ । वडा अध्यक्ष सापकोटाले वर्षाका कारण सडक अत्यधिक हिलाम्य हुँदा सर्वसाधारणलाई आवागमनमा समस्या भएको जानकारी प्राप्त भएपछि तत्काल सडक मर्मत गरिएको बताए । आगामी दिनमा पनि वडाभित्रका समस्याग्रस्त सडकहरूको प्राथमिकताका आधारमा मर्मत तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिइने उनले बताए ।
स्थानीय सुरेश थारूले लामो समयदेखि हिलोका कारण पैदल हिँड्न र सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थामा सडक मर्मत भएपछि धेरै राहत मिलेको बताए । समयमै समस्या समाधानका लागि पहल गरेको भन्दै वडा कार्यालय र नगरपालिकाप्रति आभारसमेत उनले व्यक्त गरे ।