लगातार पहिरो आउन थालेपछि अपिहिमालको भट्टार बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो
दार्चुला, भदौ २० । उच्च जोखिममा रहेको दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार बस्तीमा लगातार पहिरो आउन थालेपछि त्यहाँका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बिहानदेखि खस्न थालेको पहिरो दिउँसो १ बजेपछि निरन्तर २ घण्टासम्म ठूलो रूपमा खसेपछि बस्ती नै जोखिममा परेर स्थानीयलाई स्थानान्तरण गरिएको हो। भट्टारमा खसेको ठूलो पहिरोका कारण मूल नदी चमेलिया झन्डै आधा घण्टा थुनिएर ताल बनेको थियो। अहिले नदीले आफैँ कटान गरेर थुनिएको ताल आंशिक रूपमा फुकिसकेको भए पनि पहिरो आउने क्रम नरोकिएकाले भट्टार बस्तीका मानिसहरूलाई नजिकैको अर्को सुरक्षित ठाउँमा सारिएको गाउँपालिका अध्यक्ष भक्त बोहोराले जानकारी दिनुभयो।
Latest Update
- एकै वडाका २७ जना अझै सम्पर्कविहीन
- समृद्ध प्रदेश निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : मुख्यमन्त्री भट्ट
- भोटेकोशी बाढीमा १ हजार ३४४ जनाको मृत्यु, ४ हजार ८९८ बेपत्ता
- लगातार पहिरो आउन थालेपछि अपिहिमालको भट्टार बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो
- विहान तीन बजेदेखि ग्यासको लाईन
- रसुवा बाढीमा परेका १३४४ शव फेला, झण्डै ५ हजार अझै बेपत्ता
- दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
- चुनावी मञ्चमा ‘स्विजरल्याण्डको बाउ यहीँ छ बडीमालिका’ भनिए पनि बजेटको प्राथमिकतामा परेनः मेयर खड्का
- विपद् प्रभावित क्षेत्रमा ४६९ शव फेला, १५४५ जनाको उद्धार