Wednesday, September 16

Latest Update :

नेपालसहित विश्वभरका बिरामीको रोजाइमा फरिदाबादको अमृता अस्पताल, विश्वस्तरीय उपचार एकै छानामुनि

image

फरिदाबाद भारत , भदौ २८ । फरिदाबाद(दिल्ली-एनसीआर) मानवीय सेवा र आधुनिक चिकित्सा विज्ञानको उत्कृष्ट उदाहरणका रूपमा भारतको फरिदाबाद (दिल्ली-एनसीआर) मा स्थापित अमृता अस्पताल दक्षिण एसियाकै प्रमुख स्वास्थ्य गन्तव्यका रूपमा उभिएको छ। विश्वविख्यात आध्यात्मिक तथा सामाजिक अगुवा माता अमृतानन्दमयी देवी (अम्मा) को प्रेरणाबाट सञ्चालित यस अस्पतालले जटिल रोगहरूको उपचार र अत्याधुनिक प्रविधिमा नयाँ मानक कायम गर्दै आएको छ। करिब १३० एकडको विशाल भूभागमा फैलिएको यस अस्पतालले २,६०० बेड क्षमतासहित पूर्वाधारका हिसाबले नयाँ उचाइ लिएको छ। 

 

अति जटिल बिरामीहरूको निरन्तर र प्रभावकारी निगरानीका लागि यहाँ ५३४ भन्दा बढी डिजिटल 'स्मार्ट' आईसीयू बेडहरू निर्माण गरिएका छन् भने रोबोटिक तथा जटिल शल्यक्रियाका लागि ६४ वटा अत्याधुनिक मोड्युलर अपरेशन थिएटरहरू चौबीसै घण्टा तयारी अवस्थामा राखिएका छन्।अस्पतालले क्यान्सर, मुटुरोग, न्युरोसाइन्स, अङ्ग प्रत्यारोपण र हाडजोर्नी जस्ता ८० भन्दा बढी विधामा उच्चस्तरीय विशेषज्ञ सेवा दिइरहेको छ। विशेष गरी आमा तथा शिशुको जटिल स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै छुट्टै मदर एण्ड चाइल्ड केयरु सेन्टर तथा अत्याधुनिक बाल-सघन उपचार कक्ष सञ्चालनमा ल्याइएको छ। त्यसैगरी, आपतकालीन अवस्थाका बिरामीलाई द्रुत गतिमा अस्पताल पुर्‍याउन भवनको छतमा हेलिप्याड निर्माण गरी एयर एम्बुलेन्स सेवा समेत सहज बनाइएको छ।

 

नेपाल लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने बिरामीहरूका लागि अस्पतालले इन्टरनेशनल पेसेन्ट केयरु विभाग मार्फत विशेष प्रबन्ध मिलाएको छ। नेपाली बिरामीहरूलाई भाषाको कठिनाइ नहोस् भन्नका लागि दोभाषेको व्यवस्था तथा परामर्श जस्ता सुविधाहरू एकै छानामुनि उपलब्ध गराइएको छ। अस्पतालका सहायक महाप्रबन्धक (एजीएम) तथा अन्तर्राष्ट्रिय मार्केटिंङ प्रमुख जोहेब बेगका अनुसार अमृता अस्पताल उपचार केन्द्र मात्र नभएर करुणा र आधुनिक प्रविधिको साझा थलो हो। उहाँ भन्नुहुन्छ, हाम्रो मुख्य ध्येय भनेको विश्वभरका बिरामीहरूलाई उच्चस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु हो। अत्याधुनिक मेडिकल प्रविधिसँगै मानवीय संवेदनालाई प्राथमिकतामा राखेर हामीले हरेक बिरामीलाई आफ्नै परिवारको सदस्यसरह उपचार सेवा दिँदै आएका छौँ।

 

त्यसैगरी, अन्तर्राष्ट्रिय मार्केटिंङका वरिष्ठ प्रबन्धक अभिषेक स्वारले नेपाली बिरामीहरूका लागि विशेष सहजीकरण भइरहेको जानकारी दिनुभयो। नेपालबाट उपचारका लागि आउने बिरामीहरूलाई यहाँ आइपुग्दा घरजस्तै वातावरण महसुस होस् भन्नेमा हामी सधैँ सजग छौँ, स्वारले भन्नुभयो, नेपाली बिरामीहरूका लागि परामर्श, भाषाको सहजता र फरिदाबाद आइपुगेपछिको बसोबाससम्मका सबै सेवाहरूलाई हामीले थप व्यवस्थित र झन्झटमुक्त बनाएका छौँ। उपचारका लागि नेपाल लगायत विश्वका विभिन्न मुलुकबाट पुगेका बिरामीहरूले पनि अस्पतालको सेवा, सरसफाइ र चिकित्सकहरूको व्यवहारको खुलेरै प्रशंसा गरेका छन्। अन्यत्र सम्भव नभएका जटिल शल्यक्रिया र कडा रोगको सफल उपचार पाएपछि विभिन्न देशका बिरामी तथा तिनका आफन्तहरूले अमृता अस्पताललाई आशा र नयाँ जीवन दिने केन्द्रुका रूपमा वर्णन गर्ने गरेका छन्। 

 

चिकित्सक तथा स्वास्थ्यकर्मीको आत्मीय व्यवहार र प्रविधिको सही प्रयोगले गर्दा विदेशी बिरामीहरूले यहाँ घरजस्तै सुरक्षित र सहज महसुस गरेको प्रतिक्रिया दिने गरेका छन्। अत्याधुनिक प्रविधि, उच्च दक्षता भएका चिकित्सकको टोली र सेवाभावको अनुपम मिश्रणका कारण फरिदाबादको अमृता अस्पताल आज जटिल रोगको उपचार खोजिरहेका विश्वभरका हजारौँ बिरामीहरूका लागि एक भरपर्दो र आशाजनक केन्द्र बनेको छ।

Latest Update