कैलाली, भदौ ३१ । विद्यालय व्यवस्थापन समितिको सदस्यको हैसियतमा सेवा सुविधा उपलब्ध गराइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएको आरोपमा कैलालीका एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।अख्तियारका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम विरुद्ध आरोपपत्र दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा बमलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको ओहदा तथा पदीय हैसियतमा रही सेवाग्राहीलाई थप सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै बार्गेनिङ गरी घुस मागेको र आफ्ना लागि दुई लाख रुपैयाँ लिएको खुलेको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको भन्दै अख्तियारले बमलाई प्रतिवादी कायम गरी दुई लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम कैद तथा सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम बिगो बराबर जरिवाना सजायको मागदाबी गर्दै २०८३ साल भदौ ३० गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। यो विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।