Saturday, November 07

Latest Update :

अंकतालिकामा दोस्रो स्थान कब्जा गर्न सफल सुदूरपश्चिम

image

धनगढी, २० कात्तिक 

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। आजको खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गरेसंगै पाँच खेलमा छ अंकका साथ सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको हो। आजको खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो। डेभिड मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि कर्णाली पराजित भएको हो। मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए। बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १–१ विकेट लिए।

 

 

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए। विनोद भण्डारी २७, ब्राण्डन म्याकमुलेनले २४ रन बनाउँदा इशान पाण्डेले २३ रन जोडे। 

Latest Update