Friday, November 06

Latest Update :

साँफेबगरमा फेन्सी पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

image

अछाम,२० कात्तिक 

अछामको साँफेबगरमा रहेको बैजनाथ फैन्सी स्टोरमा आगलागी भएको छ। साँफेबगर नगरपालिका–३ हाँटबजारमा रहेको बैजनाथ फैन्सी स्टोरमा अचानक बिहिबार बेलुका आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ।