२०८१ बैशाख १९ बुधबार Wednesday, May 01

ताजा अपडेट :

चन्द्रकाला बरालको स्मिृतिमा समाजीक सेवा पुरस्कार स्थापना ।

चन्द्रकाला बरालको स्मिृतिमा समाजीक सेवा पुरस्कार स्थापना ।

२०७५ पुस २६ गते पोखरा 

गैसस महासंघ नेपाल, कास्की शाखाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार श्री कृष्ण प्रसाद वरालको धर्मपत्नी  चन्द्रकला वारलको स्वार्गरोहण भएको वार्षिक पुन्यतिथिमा कृष्ण प्रसाद वराल द्धारा चन्द्रकृष्ण बराल सामाजीक सेवा पुरस्कार स्थापना भएको छ ।

वरालले आफु विगत लामो समय देखी सामाजीक क्षेत्रमा कृयाशिल भएकोले यो पुरस्कारको स्थापन गर्न  मनासिव रहेकोले धर्मपत्नीको स्मृतिमा यो पुरस्कार को स्थापना गरेको वताउनुभएको छ । पुरस्कार सामाजीक संघ संस्थाहरुको महासंघ गैसस महासंघ नेपाल, कास्की शाखा द्धारा महासंघको वार्षिक साधारण सभाको अवसरमा प्रदान गर्ने घोषणा गरीएको छ । महासंघका अनुसार कृष्ण प्रसाद वरालले चन्द्रकृष्ण बराल सामाजीक सेवा पुरस्कार को लागि एकमुस्ट १ लाखको अक्षयकोष खडा गरी गैसस महासंघको वार्षिक साधारण सभा हुनु भन्दा ३ महिना अघाडि सार्वजनीक सुचना प्रवाह गरी पर्न आएका निवेदन उपर वराल समेत सदस्य रहने गरी गैसस महासंघ नेपाल, कास्की शाखाको कार्यकारी समितिले छनौट उपसमिति गठन गरी लामो समय देखी सामाजीक रुपान्तरणमा योग्दान गरेको सामाजीक व्यक्ति लाई उक्त पुरस्कार प्रदान गर्ने भनी महासंका अध्यक्ष पदम राज पहारीले वताउनु भएको छ ।