२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

नेपाल मानव तस्करीको ट्रान्जिट बन्दै,जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीहरुको संख्या बढ्दो

image

काठमाडौँ, २९ माघ ।  मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ ।

अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरुले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् । उनीहरुकै सेटिङमा इरानीहरु  जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो ।

गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन गरेको थियो । ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए ।  जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीहरुको संख्या बढिरहेको छ ।