२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

शुभतारा थ्रि एन्जल्स मिसन स्कुलका शिक्षक लिम्बु पुरस्कृत

image

पोखरा । उद्धार, रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखन विरुद्ध सक्रिय थ्रि एन्जल्स नेपालले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरको छ । 
सन २०११ बाट अभिछिन्नरुपमा सेवा गदै संस्थालाई उल्लेखिय योगदान दिएको भन्दै शुभतारा मिसन स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुमन लिम्भुलाई आज एक कार्यक्रमका विच सम्मान तथा पुरस्कृत गरिको हो ।

संस्थाले कर्मचारीलाई दिईएको कार्यविवरण र जिम्मेबारी भन्दा पृथक र उत्कृष्टरुपमा कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने परिपाटी अनुसार यसपटक लिम्बुलाई पुरस्कृत गरिएको मानव संसाधन व्यवस्थापक म्यानेजर किसान बहादुर गरुङले जानकारी दिनुभयो ।

कर्मचारीमा समाजिक सेवा जगाउन तथा थप इमान्दार भएर कार्यगर्न उत्प्रेरणा दिन संस्थामा पुरस्कार र दण्डको व्यवस्था गरिएको संस्थापक अध्यक्ष तथा सिइयो डा.राजेन्द्रकुमार गौतमले जानकारी दिनुभयो । उहाँले संस्थाले अनैपचारीकरुपमा विगतमा यस्तो गरिदै आएको भए पनि औपचारीकरुपमा गत अक्टोबरबाट शुरुगरिएको बताउनुभयो । यस्ले कर्मचारीमा स्वस्थ प्रतिस्पर्दा गर्न तथा स्वमुल्याङ्क गरी कार्यसम्पादन गर्न सहयोग गर्ने बताउनुभयो ।

लिम्बुलाई ताम्रपत्र तथा प्रमाण पत्रले सम्मान गदै संस्थाका अध्यक्ष शारदा खत्री गौतमले सबै कर्मचारी म्याराथनको लागि योग्य रहेको बताउदै यसपाली म्याथनको उपाधी सुमन लिम्बुले जितेकोका बधाई दिनुभयो । उहाँले म्यारथनमा सबैले जित्न सम्भव नभएपनि अन्तिम सम्म दैडिनु मह्त्वपुर्ण भएको बताउनुभयो ।

सम्मानित शिक्षक लिम्बुले भावुक हुँदै सम्मान गर्ने संस्था तथा लाईन म्यानेजर एचआर प्रमुख र सर्हकर्मीहरुलाई धन्यबाद ज्ञापन गदै याे सम्मान हाैसला मात्रै नभई जिवन बाेधी भएकाे बताउनुभयाे ।  

लिम्बकोे यो अवार्डसंगै मासिक तलबको एक प्रतिशत तलब वृद्धि भएको छ । यो पुरस्कारबाट यस अघि थ्रि एन्जल्स सामुदायिक रेडियोको स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ सम्मानित भैसक्नुभएकोे छ ।

उक्त सम्मान कार्यक्रममा संस्थाका कार्यक्रम तथा वित्त निर्देशक डा.मदन थापा, शिक्षा विभाग प्रमुख रमेश पाण्डे, कार्यसमिती सदस्य तथा विभिन्न विभागका प्रमुखहरुको सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष शारदा खत्री गौतमको अध्क्षतामा सम्पन्न कार्यक्रमको संचालन एचआर म्यानेजर किसान बहादुर गुरुङले गर्नुभएको थियो ।