२०८१ जेठ ६ आइतबार Sunday, May 19

ताजा अपडेट :

विद्यालय छोडेर बलबालिका ईट्टा भट्टीमा

image

विद्यालय छाडेर बालबालिका इटाँभट्टामा

बनेपा
बारा जिल्लाका १३ वर्षे सुरन माझि कक्षा आठको पढाई छोडेर काभ्रेको पाचँखाल स्थित इटाँभट्टामा काम गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छोडेर इटाँभट्टामा काम गर्न सुरु गरेको उनको भनाई छ ।
‘कक्षा आठमा पढ्दै थिए,आर्थिक अवस्था कमजोर भएकाले आमाबुवा काम गर्न काभ्रे आउने भएपछि म पनि पढाई छोडेर संगै आए ।’ उहाले भाव  विहोल हुदै भने ‘पढ्न त मन छ, तर बुबा आमासंग पैसा नभएकै कारण पढाई छाडेर आमा बुबा संगै पैसा कमाउन आएको हु ।
माझी जस्तै पाचँखालका १२ का दश वर्षे देवराज दनुवार पनि ईटा बनाउने र लोड अनलोड गर्ने काम गर्छन । स्थानीय विद्यालयमा पढ्दै आएका दनुवार काम नभएको समयमा मात्र विद्यालय जाने गरेको बताउछन् । ‘पढाई खर्च जुटाउन र बुबाआमालाई दिनक लागि इटाँभट्टामा  काम गर्ने गरेको छु ।’उहाले थपे ‘एक हजार इटा लोड गरेको तिन सय रुपैया पाउने गरेको छु ।’ दैनिक एक हजार देखि १५ रुपैया सम्म हुने गरेको छ । उनि जस्तै दैनिक दर्जौनौ बालबालीका विद्यालय छोडेर इटाभाट्टाको काम गर्न बाध्य हुदै आएका छन् ।
माझी र दुवार जस्तै जिल्लाको  इटाभट्टामा बालश्रमीकको संख्या बढ्दै गएको सरोकारवालाहरु बताउछन् । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालश्रम न्युनिकरणका लागि करौडौ रुपैया लगानि गरेपनि उनिहरुको लगानि बालुवामा पानी हालेझै भएको छ । इटाँभट्टामा  काम गर्ने अधिकास  विकट क्षेत्रका दलित, जनजाति, विपन्न र पिछडिएका समुदायका बालबालीका रहेको पाईन्छ । आर्थिक अबस्था कमजोर भएका बालबालीका पढाई छोडेर ईटाभटामा आमाबाबु संगै काम गर्न आउने गरेका छन् । मंसिर देखी जेठ महिना सम्म इटा पार्ने र अन्य समय इटा लोड अनलोड गर्ने काम गर्ने गरेका छन् ।
बाबुआमा भट्टामा काम गर्न जादा बालबालीका पनि संगै लाने गरेकाले स्कुल जाने बालबालिका पढ्नबाट बञ्चित हुने गरको छन् । जिल्लामा बालबालीका सम्म्वन्धी काम गर्ने सयौ एनजिओ, आएनजिओले इटाँभट्टामा जाने बालबालिकालाई रोक्ने र पढ्न स्कुल पठाउने गरेको दावी गर्दै आएपनि प्रचारभन्दा अवस्था फरक रहेको सरोकारवालाहरु बताउछन् । अधिकासं बालबालिका १२ वर्षदेखि १७ वर्ष उमेरका रहेका छन् ।
बर्षको ६ महिना भतmपुर, चितवन, मकानपुर, धादीङ र तराईका विभन्न जिल्लाहरुबाट काभ्रेको भकुण्डे, पाचखालमा रहेका ईटाभट्टामा छोराछोरी सहित काममा आउने गरेका छन् । ‘वर्षमा ५ महिना मात्र काम गरिने सिजन आउछ बालबालिकालाई छाडेर काममा जाउँ पकाएर खुवाउने मान्छे हुदैन, नजाउँ बिहान बेलुकाको छाक टार्न मुस्कील पर्छ ।’ माहाभारत गाउपालिकाकी कान्छिमाया लामा भन्छीन । छोराछोरी पढाएर सक्षम बनाउने रहर कसको हुदैनर,आर्थिक अवस्था कमजोर छ आफु काम गर्न परिहाल्यो आफुकाम गर्दा छोराछोरीको हेरचाहा गर्न पाईदैन त्यर्सैले संगै ल्याउने गरेका छु । उहानले थपिन ‘छोरा र छोरी दुवैलाई गाउकै  स्कुलमा सात कक्षामा भर्ना त गरेको छु तर छ महिना यतै भट्टामा बसिन्छ ६ महिना पछि घर जादा  स्कुल त त्यसै छुटने नै भईहाल्यो ।’
ईटा भट्टमा काम गर्दै आएका अधिकासं बालबाीकालाई कुपोषण र स्वाथ्य सम्वन्धी रोगहरुको समेत सिकार हुने गरेका छन् । जिल्लाको पाचखाल, भकुण्डे, सरमथली, सस्र्युखक, विर्तादेउराली, पोखरीनारायण स्थान लगाएतका ठाउहरुबाट भक्तपुर ललितपुर जिल्लामा इटाभट्टामा जाने गरेका छन् । भने अन्य जिल्लाबाट काभ्रेका विभिन्न स्थान रहेका ११ वटा इटाँभट्टामा सयौको संख्यामा बालबालीका काम गर्ने गरेको पाईन्छ ।
तस्विर ः श्रीराम केसी
क्याप्सन ः काभ्रेको पाचखाल नगरपालिकाम स्थित ईटाभट्टामा काम गर्दै बालबालीका