• २०८१ बैशाख १९ बुधबार / Wednesday, May 01

इनरुवामा भाषा, कला, सांस्कृतिक कार्यक्रम हुने

Fm Radio Link

इनरुवा। भाषा, कला, संस्कृतिलाई जोगाउदै इनरुवाका युवाहरुले इनरुवाको महेन्द्र चौकमा समा चकेवा विशेष मैथिली सांस्कृतिक संध्या -२०७५ को आयोजना गर्ने भएको छ ।

 

 

मैथिली समुदायमा मनाईने पर्व समा-चकेवाको दिन पारेर सो कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ। यहि मंसिर ७ गते शुक्रबार हुन गइ रहेको उक्त कार्यक्रमले मिथिला मैथिलीको विभिन्न कला संस्कृति झल्काउने कार्यहरु गर्ने आयोजक संस्था युनाइटेड इनरुवा नेपालले जनाएको छ । इनरुवामा वर्षमा एक पल्ट मात्र यस्तो मैथिली कार्यक्रम हुने गरेको कार्यक्रम संयोजक धिरज वर्माले जानकारी दिएका छन् । कार्यक्रम संयोजक वर्माका अनुसार कार्याक्रमको मुख्य आकर्षणमा डा. आभाष लाभ, स्नेहा झा, भागवत मण्डल, सन्नु कुमार तथा तनुजा चौरसिया को उपस्तिथी रहने छ। बेलुकी ५ बजे देखि सुरु हुने सो कार्यक्रम बेलुका १०:३० सम्म चल्ने उनले बताए ।

 

 

बिगत २० वर्ष देखि मैथिली गीत संगीत तथा नृत्यमा तत्पर रहेका बिराटनगर स्तिथ श्री राजदेवी संगीत कला केन्द्रले विभिन्न मैथिली मौलिकता झल्काउने नृत्यहरु को प्रदर्शन गर्ने आयोजक संस्थाको अध्यक्ष रामबाबु सुबेदीले जानकारी दिए । मैथली सांस्कृतिक सन्ध्या भनिएपनि अन्य समूदायका दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहने आयोजक संस्थाको विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस
२०७५ भदौ १५ शुक्रबार

वरिष्ठ कलाकार रिमालको निधन

काठमाडौँ, १५ भदौ  :वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ ।  रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार...

Radio System
२०७५ असोज २३ मंगलबार

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन

काठमाडौं - चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन...

Radio System
२०७५ मङ्सिर ५ बुधबार

सात जना पत्रकार साहित ४४ विधाका प्रतिस्पर्धि कलाकर्मी अवार्डेड

काठमाडौं, “नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

२०७५ मङ्सिर २६ बुधबार

मुकुण्डो बनाएरै चिनिए कलाकार सुरज

    काठमाडौँ,  कला सिर्जनामा धेरै समय र मेहनत पर्छ । पाटनका नेवार समुदाय नथाकिकन निरन्तर कला सिर्जनामा लाग्ने एक वर्ग हो । पाटनको कलाकारिता देशभित्र मात्र हैन विदेशमा पनि उत्तिकै लोकप्रिय छ ।    ललितपुरका वरिष्ठ कलाकार सुरज शाक्य एक श्रमजीवी कलाकार हुनुहुन्छ...