• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

कसरी बनाउने एकअर्कासँग प्रेमिल सम्बन्ध ?

Fm Radio Link

काठमाडौं, विगत लुकाउनु समझदारी हो भने वर्तमान लुकाउनु धोखा दिनु हो । यदि यी कुराहरुलाई ध्यान दिने हो भने श्रीमान्(श्रीमतीबीचको भरोसा झन् बलियो हुन्छ र आपसी प्रेम बढ्दै जान्छ ।

 

हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्(श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ । भनिन्छ, श्रीमान्(श्रीमती शरीर दुई तर आत्मा एक हुन् । जीवनरुपी गाडी यीनै दुई पाङ्ग्राको सहायतामा चल्ने गर्छ । त्यसैले दम्पत्तिले एक(अर्काको सम्बन्धमा प्रेम, साथ र सहयोग दिनु अति आवश्यक हुन्छ ।पुरुषको तुलनामा महिलाहरु धेरै भावुक हुन्छन् ।

 

उनीहरुमा साना(ठूला तथा राम्रा(नराम्रा कुराको छिट्टै प्रभाव पर्छ । तर तीनै महिलाको भित्री मन पुरुषको तुलनामा अति नै बलियो हुन्छ । त्यसैले उनीहरु ठूलाभन्दा ठूला पीडा पनि सहन सक्छन् र कसैलाई यसको बारेमा थाहासमेत हुन दिँदैनन् । आफ्नो श्रीमानलाई समेत कतिपय कुराहरु बताउँदैनन् । तर दाम्पत्य जीवनमा माया(प्रेम यथावत राख्नका लागि एक(अर्कालाई हरेक कुरा बताउनु आवश्यक छ ।

 

 

श्रीमान्(श्रीमतीको सम्बन्ध एउटा राम्रा साथीको जस्तो हुनु पर्छ । केवल श्रीमतीमात्र होइन श्रीमानले पनि हरेक कुरा श्रीमतीलाई बताउनु आवश्यक हुन्छ । यदि तपाईं संयुक्त परिवारमा रहनु हुन्छ भने आफ्नो परिवारका सदस्य र आफ्ना श्रीमतीलाई गर्नुपर्ने व्यवहार राम्रोसँग बुझ्नु पर्छ । जसरी तपाईं आफ्ना आमा(बुबा र भाइ(बहिनीसहित अन्य सदस्यलाई मान(सम्मान र माया गर्नु हुन्छ, त्यस्तै माया(प्रेम र सम्मान श्रीमतीलाई पनि दिनु पर्छ । त्यस्तै श्रीमतीले पनि श्रीमानको भावना बुझ्नु पर्छ, उनले श्रीमानलाई परिवारको कर्तव्य पूरा गर्न सहयोग गर्नु पर्छ । आफ्नो बारेमा मात्र सोच्ने जस्ता कार्य गर्नु हुँदैन ।

 

 

अधिकांश प्रेम विवाहमा श्रीमान्(श्रीमतीबीचमा साथीको जस्तो व्यवहार हुन्छ, तर त्यही व्यवहार परम्परागत अर्थात मागी विवाहमा हुँदैन भन्ने सोचाइ अधिकांश दम्पत्तिहरुको हुन्छ । यद्यपि, विवाह जस्तो भएतापनि श्रीमान्(श्रीमतीबीच सामञ्जस्य भैरहनु नै सफल वैवाहिक जीवनको मूल मन्त्र हो । यदि दम्पत्तिबीच एक(अर्काप्रतिको हरेचाह र माया बराबर हुने हो भने श्रीमान्(श्रीमतीलाई राम्रो साथी बन्न प्रेम अथवा मागी, जस्तो प्रकारको विवाहमा पनि कुनै फरक पर्दैन ।

 

 

हिजोआज प्रायः श्रीमान्(श्रीमती कामकाजी नै हुन्छन् । यस्तो स्थितिमा दम्पत्तिको एक(अर्काप्रतिको विश्वासमा कमी आउन थाल्छ । एक(अर्काप्रति शंका बसेको हुन्छ । त्यसैले यस्तो स्थितिमा श्रीमान्(श्रीमतीले एक(अर्काको सम्पूर्ण कुरा शेयरिङ गर्नु आवश्यक छ । यसले तपाईंहरुबीचको विश्वासलाई मजबुत बनाउन सहयोग गर्छ । तर शेयरिङ गर्ने भनेर अनावश्यक कुराहरु पनि शेयरिङ गर्नु भयो भने त्यसले तपाइर्ंको सम्बन्ध टुट्न पनि सक्छ । कुनै(कुनै कुरा गोप्यरहँदा नै तपाईंको दाम्पत्य जीवन सुखी र खुशी रहन्छ ।

 

 

त्यस्तै सबैको आफ्नो अलग प्रकारको व्यक्तित्व हुन्छ, जुन समय बित्दै गएपछि हरेक थाहा हुँदै जान्छ । तर आफ्नो व्यक्तित्व अरुमा हावी हुन दिनु हुँदैन । हामीले स्वयम् आफ्नो भावनामा संयम राख्न सिक्नु पर्छ । समय अनुकूल अपेक्षा राख्नु पर्छ ।

 

 

श्रीमान्(श्रीमतीको सम्बन्धमा कुनै किसिमको समस्या नहोस् भन्नाका लागि आपसी प्रेम, विश्वास र एक(अर्काको हमराज हुनु आवश्यक हुन्छ ।

 

प्रतिकृया दिनुहोस
Radio System
२०७६ श्रावण १७ शुक्रबार

सेक्स कतिबेला र कतिपटक गर्ने ?

काठमाण्डौं, सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र...

Radio System
२०७६ श्रावण १७ शुक्रबार

धेरै यौन आनन्द कुन उमेरमा लिइयो ? तथ्य यस्तो भन्छ

काठमाडौं, अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको तुलनामा महिलाहरु बढी उमेरमा...

Radio System
२०७६ श्रावण १९ आइतबार

महिलालाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ?

एजेन्सी, मानिसको इक्षा अनुसार सोख अनुसार फरक किसिमको यौन सम्पर्क...

Radio System
२०७६ श्रावण १९ आइतबार

कति मिनेटको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?

एजेन्सी । महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श...