२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो ,

डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने मानवअधिकार आयोगको निष्कर्ष
image

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ ।

 

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

 


लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।