२०८१ बैशाख १९ बुधबार Wednesday, May 01

ताजा अपडेट :

पोखरा महानगरको गाडीमाथि आगजनी, प्रहरी भन्छः नेवि संघमाथि आशंका छ

image

पोखरा, माघ १९ । पोखराको मासबारमा अपरिचित व्यक्तिहरुले सरकारी गाडी जलाइदिएका छन् । पोखरा महानगरपालिका कार्यालयको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो ।

गाडी पोखरा महानगरको भएपनि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो ।

प्रहरीले नेपाल विद्यार्थी संघले गाडी जलाएको हुन सक्ने आशंका गरेको छ । पछिल्लो समय नेवि संघ आन्दोलनमा छ । ‘सेतो स्कुटरमा आएका युवाहरुले गाडी जलाएका भन्ने सुनेका छौं । नेविसंघमाथि आशंका छ, कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथी निगरानी बढाएका छौं ।’


आज सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । नेविसंघ माथी आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म पुष्टि भने भएको छैन ।

स्थानीयका अनुसार दुई ब्यक्ति गाडी चालकलाई ओर्लन लगाएर पेट्रोल छर्किएर आगजनी गरी फरार भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।