पूर्व सांसद रेशम लाल चौधरी कपिलवस्तु आउने भएका छन् । यहि फागुन १० गते जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १, करहियामा कार्यक्रमलाई सम्बोधन गर्न आउने भएका हुन् ।
आसन्न निर्वाचन लक्षित गरी बिहान १० बजे चौधरी आउने भएको राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले बताए ।
आयोजकका अनुसार उनको उपस्थितिमा विशेष भेटघाट तथा सम्बोधन कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ । चौधरीको स्वागत तथा कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको नागरिक उन्मुक्ति पार्टीका शिवराज नगर अध्यक्ष उमेश थारुले जनाए ।