Friday, September 18

Latest Update :

रास्वपा प्रवेश विवादः नेतृत्वको भूमिकामाथि प्रश्न ?

थापाले फेसबुकमा राखेको पहिलो अभिव्यक्ति हटाएका कारण उनीमाथि थप आशंका गरिएको छ ।
image

कपिलवस्तु, १० भदौ ।

कपिलवस्तुमा जनप्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लिएका्े सदस्यतामा विवाद देखिएको छ । विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले रास्वपाको सदस्यता सार्वजनिक भएपछि रास्वपामा विवाद चुलिएको छ । 

उनीहरुलाई पार्टी सदस्यता दिलाउन भूमिका रास्वपा पालिका सभापति लोकेश थापाका रहेको स्रोतको दावी छ । तर पछिल्लो अभिव्यक्तिले उनीमाथि नैतिकता र जिम्मेवारीमाथि प्रश्न उठेको छ । विवादका बीच सभापति थापाले आफ्नो फेसबुकमा लेख्दै सदस्यता दिलाउँदा आफूहरूसँग कसैले सल्लाह नगरेको र गोपनीयता कसले भंग ग¥यो भन्ने जानकारी नभएको प्रतिक्रिया जनाएका छन् । गोपनीयता भंगको सूक्ष्म छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने थापाले मागसमेत गरेका छन् । तर जनप्रतिनिधिलाई रास्वपामा प्रवेश गराउने प्रक्रिया नै स्थानीय पार्टी नेतृत्वको योजना र समन्वय भएको भन्ने दाबी भइरहेको बेला उनको यो अभिव्यक्तिले उल्टै प्रश्न खडा गरेको छ ।  

थापाले फेसबुकमा राखेको पहिलो अभिव्यक्ति हटाएका कारण उनीमाथि थप आशंका गरिएको छ । पोस्ट हटाउनुको कारण उनले स्पष्ट नगरे पनि पार्टीका दबाब कारण पोस्ट हटाइएको हुनसक्ने चर्चा सुरु भएको छ । यद्यपि यसको भने खुलेको छैन् । रास्वपाले जनप्रतिनिधिलाई विभिन्न प्रक्रिया, सर्तसहित सदस्यता दिने निर्णय वा त्यससँग जोडिएका विषय स्पष्ट हुनुपर्ने देखिन्छ । 

सदस्यता दिलाउने बेला नेतृत्व, विवाद उठेपछि ‘मलाई थाहा छैन’ सभापति थापाको अभिव्यक्तिले सामाजिक सञ्जालमासमेत प्रश्न उठेका छन् । यदि गोपनीयता भंग भएको भए त्यसको छानबिन हुनु आवश्यक छ । तर छानबिनको माग गर्ने नेतृत्वले पहिले जनप्रतिनिधिलाई सदस्यता दिलाउने प्रक्रियामा आफ्नो भूमिका के थियो, कसको समन्वयमा सदस्यता दिइयो र विवाद भएपछि पहिलो पोस्ट किन हटाइयो भन्ने विषयमा सम्बन्धित नेतृत्वले जवाफदेही हुनुपर्ने स्थानीय बताउँछन् ।

यता सभापति थापाले उनीहरुलाई सदस्यता दिलाउन संग्लन नरहेको दावी गरेका छन् । फेसबुक स्टाटस लेख्छन् ः‘रास्वपा सिस्टममा चल्ने पार्टी हो रास्वपाको सदस्य अनलाइनद्वारा जसले पनि आफै लिन पाउँछ । सदस्य बन्ने सबैलाई स्वागत गर्न रास्वपा जहिले पनि तयार छ, तर यति बुझ्नु कार्यविधि र बिधानबाट बाहिर गएर रास्वपा टिकेट इन्द्रे का बाउ चन्द्रेले नि पाउदैन् ढुक्क हुनस् ।’