Saturday, August 15

Latest Update :

सुदूरपश्चिम सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

image

कैलाली ,साउन २९ । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री र दमन भण्डारीले भूमि व्यवस्था तथा सहकारीमन्त्रीका रूपमा शपथ लिएका छन् । यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन् ।

 

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। सोही निर्णयअनुसार एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् । यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन् ।

Latest Update