२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

प्रदेश २ सरकारले मनायो संविधान दिवस, मुख्यमन्त्री अनुपस्थित

संविधान जारी भएको दिन असोज ३ गते बुधबार देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। केन्द्र र प्रदेश सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाइरहेका छन्।

यसैक्रममा प्रदेश २ सरकारले वृक्षारोपन गरी संविधान दिवस मनाएको छ। तर, संविधान दिवस मनाउने कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरु सहभागी भएनन्। मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित भएपनि उनको आवास परिसरमा वृक्षारोपन गरिएको थियो।

उक्त कार्यक्रममा मुख्यसचिव, सचिव, उपसचिव तथा सुरक्षा प्रमुखहरु सहभागी थिए।

‘कालो दिन’ भन्दै राजपा नेपालद्वारा विरोध प्रदर्शन

तर, संवैधानिक प्रक्रिया अनुरुप प्रदेश २ को सत्ता सम्हालेका फोरम र राजपा संविधानको विरोधमा विभिन्न कार्यक्रम गर्दैछन्। संघीय समाजवादी फोरम नेपालकको तराई–मधेस तदर्थ समितिका अध्यक्ष रेणुकुमारी यादवले असोज ३ गतेलाई कालो दिनका रूपमा मनाउने प्रदेश कार्यसम्पादन समितिको बैठकबाट निर्णय भएको घोषणा गरिसकेकी छन् ।

सोही कार्यक्रम अनुरुप फोरमका नेता कार्यकर्ताहरु आज दिनभरि हातमा कालो पट्टी बाँध्ने, ठाउँ–ठाउँमा कालो झण्डा झुण्ड्याउने र साँझ ७ बजेदेखि सावा सात बजेसम्म ब्ल्याक आउट गर्ने कार्यक्रम छ। तर, संविधान संशोधनका लागि सत्तारुढ दलसँग कुरा मिलिसकेको र संविधान संशोधन हुने भन्दै फोरम नेपालले कालो दिवस नमनाउने स्पष्ट पारेको थियो।

राजपाले वर्तमान संविधान मधेस विरोधी संविधान रहेको भन्दै आजको दिनलाई विरोध दिवस मनाउने यसअघि नै घोषण गरिसकेको छ। उनीहरुले पनि साँझ सात बजेदेखि साढे सात बजेसम्म ब्लक आउट गर्ने कार्यक्रम छ।