२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

नगरबाट कोटा परेको सहकारीले अर्को सहकारीलाई सहुलियत दरमा लिएको मलखाद्या दिएको खुलासा

image

महेन्द्रनगर,
धनुषा मिथिला विहारी नगरपालिकामा नगरबाट मन्यता प्राप्त कोटा परेको सहकारीको नाममा सहुलियत दरमा लिएको मलखाद्य अर्को सहकारीलाई दिएको रहस्य खुलेको छ । मिथिला विहारी नगरपालिकाले सहुलियत दरमा कृषि सामाग्री केन्द्रमार्फत नगरपालिकाका जनताहरुलाई सहुलियत दरमा विक्री वितरण गर्न सहकारीलाई दिएको मल, सहकारीले आफु राजीखुशी सयौ बोरा खाद्य अर्को सहकारीलाई दिएको रहस्य खुलेको छ ।

 


मिथिला विहारी नगरपालिकाका उपप्रमुख अनिता साहले कृषि सामाग्री केन्द्रबाट सर्वसाधारण जनताहरुलाई सहुलियत दरमा विक्रीका लागि ल्याएको मल, व्यक्तिलाई दिएको रहस्य अनुगमनको क्रममा पाएको जनाएको छ । उपप्रमुखलगायत संचारकर्मीहरुको टोली अनुगमनको क्रममा मिथिलाविहारी नगरपालिका–४ कजरा रमौलस्थित श्री मनोकामना कृषि सहकारी संस्था पुग्दा सो रहस्य खुलेको हो ।

 


मनोकामना कृषि सहकारी संस्थाले विहिवार कृषि सामाग्रीबाट पाँच सय बोरा मल खरिद गरेको छ । पाँच सय बोरा खरिद गरिएकोमा २५० बोरा मल मिथिला विहारी नगरपालिका–५ ललिया बस्ने महेश मण्डलको नाममा विचारधिन अवस्थामा रहेको सहकारीलाई बेचेको रहस्य खुलेको छ । मनोकामना कृषि सहकारीको विलमा पाँच सय बोराको रकम तिरिएको भएपनि उनको गोदाममा अनुगमन गर्दा २५० बोरा मात्रै भेटिएको र खरिद गरिएको बिल नराखेको पाइएको उपप्रमुख अनिता साहले बताए ।
अनुगमनकै क्रममा मिथिला विहारी नगरपालिका–१० माँ भगवती कृषि सहकारी संस्थाले खरिद गरेको मलमध्ये २५० बोरा वडा नं. ९ का एक व्यक्तिलाई बेचेको पाइएको छ । डिलरको मान्यता नपाएकालाइ सहकारीको नाममा जनताका लागि सहुलियत दरमा खरिद गरेको मल नगर प्रमुख अनिल यादव र कृषि शाखा प्रमुख गोविन्द यादवले व्यक्तिहरुलाई दिन लगाएको रहस्य खुलेको छ ।

 


अनुगमनको क्रममा मनोकामना कृषि सहकारी संस्थाका अध्यक्ष प्रदिप यादवले आफनो संस्थाले पाँच सय बोरा मल पाएको भएपनि नगरपालिका प्रमुख अनिल यादव र नगरपालिकाका कृषि शाखा प्रमुख गोविन्द यादवले आफुलाई जवरजस्ती महेश मण्डललाई दिन लगाएको बताएका छन् । सहकारीका अध्यक्ष यादवले आफुलाई नगरपालिकाकै जिम्मेवार व्यक्तिहरुले वडा नं. ५ का लागि भन्दै महेश मण्डललाई दिन लगाएको र आफुलाई यसबारे कुनै समस्या भए मेयर र कृषि शाखा प्रमुख गोविन्द यादवले बचाई दिने आश्वासन दिएको भिडियो रेकर्डमा संचारकर्मीहरुको टोलीले कैद गरेको छ ।

 


नगरपालिकाले विहिवार १० वडामध्ये ७ वटा वडामा मलखाद्य बेच्ने सहकारीलाई डिलरको रुपमा सिफारिस गरेको छ । विवादका कारण वडा नं. १, ५ र ९ मा डिलर चयन नभएको भएपनि मेयर र कृषि शाखाका प्रमुख गोविन्द यादवले आफु राजि खुशी सहकारीले खरिद गरेको मलखाद्य व्यक्तिलाई दिन लगाउँदै आएको छ ।
मलखाद्य ल्याएका अन्य सहकारीका पदाधिकारीहरुलाई समेत कृषि शाखाका प्रमुख गोविन्द यादवले अन्य वडाका व्यक्तिहरुलाई सयौ बोरा मलखाद्य दिन जवरजस्ती गर्दै आएको एक सहकारीका अध्यक्षले बताए । उनले भने हामीलाई समेत निर्देशन शैलीमा गोविन्द यादवले डिलर नपाएका व्यक्तिहरुलाई दिन उर्दी जारी गर्दा आफुले नमानेको बताए ।
यता, कृषि शाखाका प्रमुख गोविन्द यादवले आफुले कुनै सहकारी र व्यक्तिलाई आफनो संस्थाको नाममा खरिद गरिएको मलखाद्य अन्य कुनै व्यक्तिलाई दिन नभनेको र निर्देशन समेत नदिएको बताए । उनले भने यो मैले भनेको छैन, कसैले दिएको हो भने यो गलत हो । गलत गर्नेलाई नियमअनुसार कारवाही गरिने संचारकर्मीसंग मोवाइल संवादमा बताएका हुन् ।सहकारीले सम्बन्धित वडाका जनताहरुको लागि डिएपी २२५० र युरिया ८५० रुपैयामा बेच्नुपर्ने कृषि सामाग्री केन्द्र जनकपुरले जनाएको छ ।

 


सहकारीले खरिद गरेको मल व्यक्तिको घरमा लैजादै
मिथिला विहारी नगरपालिकाका उपप्रमुखले प्रशासकिय अधिकृत र समितीका सदस्यहरुसंग छलफल गरि सहकारीको लागत जोडेर युरिया नौ सय रुपैया र डिएसपी दुई हजार तीन सय पचास रुपैयामा बेच्न सुचना जारी गरेको उपप्रमुख अनिता साहले बताए ।

 


विहिवार कृषि सामाग्री केन्द्र जनकपुरबाट मिथिला विहारी नगरपालिकामा वडा नं. २ मा हरित तारा सहकारीले ९० बोरा युरिया र १६० बोरा डिएपी पाएका छन् । वडा नं. ३ मा सुर्यमुखि कृषि सहकारी संस्थाल १२० बोरा युरिया र ३६० बोरा डिएपी, वडा नं. ४ मा मनोकामना कृषि सहकारीले १०० बोरा युरिया र ४०० बोरा डिएपी, वडा नं.६ मा मैत्रीय कृषि सहकारी संस्थाले १७० बोरा युरिया र ३२० बोरा डिएपी, वडा नं. ८मा रिंकु कृषि सहकारी संस्थाले ५०० बोरा युरिया र ५०० बोरा डिएपी खरिद गरि वडाका सर्वसाधारण जनतालाई सहुलियत दरमा बेच्न ल्याएका छन् ।

 


मल नपाएर किसानहरु दिनरात चिन्तित रहेको बेलामा सहकारीको नाममा खरिद गरिएको मल व्यक्तिलाई बेचिनु दुभाग्य भएको उपप्रमुख साहले बताए । यसरी सहकारीको नाममा ल्याइको मल व्यक्तिलाई बेच्ने संस्थालाई कानुनी तहत कारवाही गरिने उपप्रमख साहले बताए ।