२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

मिथिला नगरपालिकाको बजेट ६५ करोड १८ लाख

image

महेन्द्रनगर,
धनुषा जिल्ला मिथिला नगरपालिका ढल्केवरको आर्थिक वर्ष २०७८÷०७९ को लागि नेपाल सरकार, प्रदेश सरकार र विभिन्न साझेदार निकाय, संघ संस्थाबाट अनुमानित बजेट ६५ करोड १८ लाख ५० हजार २ सय ३० रुपैया २० पैसाको बजेट पेश गरेको छ । सफा सुन्दर र सम्वृद्ध शहर हाम्रो मिथिला नगर भन्ने मुल विकासको नाराका साथ दिर्घकालिन लक्ष्य शिक्षा र स्वास्थ्यमा सुदृढता कृषिमा आत्मनिर्भता रहेको जानकारी गराउँदै आ.व. २०७८÷०७९ को लागि नीती कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अबलम्वन गरिएका पद्धति र आधारहरु प्रस्तुत गरिएको छ । 

 


साथै मिथिला नगरपालिकाले आ.ब. २०७८÷०७९ को नीति तथा कार्यक्रम तर्जुमाले लिएका प्राथमिकताहरु कोभिड १९ लगायत भविष्यमा आउन सक्ने अन्य प्रकोप, विपद व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकार सँग सहकार्यमा आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था मिलाउदै क्षमताको विकास,  जनस्वास्थ्यमा आई परेका चुनौतिलाई सामना गर्न स्वास्थ्य सेवालाई सुदृढ सबलीकरण लगायतका बुँदाहरु प्रस्तुत गरिएको छ । 

 


साथै आ.व. २०७७÷०७८ को समिक्षा तथा विश्लेषण प्रस्तुत गर्दै मिथिला नगरपालिकाको २०७७ सालल असार १० गते शुरु भई २५ गते सम्पन्न भएको छौठौं नगर सभामा चालु आ.व. २०७७÷०७८ को लागि ७५ करोड ३ लाख ६२ हजार १ सय ३० रुपैयाको बजेट प्रस्तुत गरेको थियो भने २०७७ चैत्र २६ गते सम्पन्न सातौं नगरसभाबाट आ.व. २०७७÷०७८ को लागि छौठौं र सातौं नगर सभाबाट रु ७९ करोड ०६ लाख १४ हजार ४ सय ९७ रुपैया ६१ पैसाको संशोधित आय स्वीकृत भई सोही अनुसार योजना तथा कार्यक्रम संचालन गरी हाल सम्म चालु खर्च तर्फ रु २३ करोड ४५ लाख ८हजार ९ रुपैया २९ पैसा खर्च भएको र पुँजिगत खर्च तर्फ १२ करोड ५ लाख ९० हजार ३ सय ९५ रुपैया २ पैसा खर्च भएको छ । यस आ.व.मा सडक ढलान, बाटो मर्मत, नाला निमार्ण तथा सडक सम्बन्धि अन्य मर्मत गरी जम्मा ७१ ओटा आयोजना संचालन भएको । डिप ट्युवेल, पोखरी मर्मत लगायत १४३ ओटा आयोजना संचालन, मठ मन्दिर गुम्वा तथा सांस्कृतिक सम्पादा तर्फ २९ ओटा, सामुदायिक भवन लगायत ३९ ओटा, चौतारा, खेल मैदान लगायत तर्फ १७ ओटा, सरसफाई, शौचालय तर्फ ११ ओटा गरी जम्मा ३३० ओटा वडा स्तरिय र नगर स्तरिय योजना संचालन गरिएको छ । 

 


यस नगरपालिकाले आ.व. २०७८÷७९ को लागी तय भएका प्रमुख क्षेत्रगत नीतिहरु सामाजिक विकास निति, आर्थिक विकास निति, वन, वातावरण तथा विपद व्यवस्थापन निति, पूर्वाधार विकास निति, राष्ट्रसेवक कर्मचारी, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन निति, बित्तिय व्यवस्थापन तथा सुशासन, बजेट निमार्ण तथा कार्यान्वयन लगायतका नितिहरु विस्तृत रुपमा प्रस्तुत गरिएको थियो । 

 


साथै मिथिला नगरपालिका आफनो आठौं नगरसभामा आ.व. २०७८÷०७९ को वार्षिक निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गर्दा ट्रार्मा सेन्टरको माग राख्दै चरनबद्ध रुपमा दवावमुलक कार्यक्रम राखदै आइरहेको विभिन्न पार्टी, ढल्केवरबासी लगायत करिब डेर दुईसयको संख्यामा विभिन्न प्लेकार्ड लिएका व्यक्तिहरु नाराबाजी गर्दै कार्यक्रम स्थाल पुगेको थियो । आफनो माग राख्दै आएका व्यक्तिहरु र सुरक्षामा खटेका सुरक्षाकर्मी विच केही वेर घम्सा घम्सीपनि भएको थियो । करिब ३ घण्टा चर्को नराबाजी पस्चात ट्रार्मा सेन्टरको माग राख्दै आएका आर्कोसित व्यक्तहरु ढल्केवर पुर्वपक्ष्मि रार्जमार्ग १० मिनेट अवरुध गर्दै कोणसभामा परिणत भएको नेपाली कागे्रसका नेता बुधेस्वर महतोले जनकारी दिए ।  
यता प्रहरी प्रसाशनको सुरक्षाविच मिथिला नगरपालिका आफनो आठौं नगरसभा सम्पन्न गरेको छ । मिथिला नगरपालिकाका नगर प्रमुख हरि नरायण महतोको अध्यक्षतामा आयोजित नगरसभामा प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, वडासदस्य र लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।