२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

लक्ष्मीनिया वडा नं. ५ मा ग्यास सिलिन्डर लगायतका सामग्री वितरण

image

महेन्द्रनगर,
धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नं. ५ मा ग्यास सिलिन्डर लगायतका सामग्री वितरण गरिएको छ । गाउँसभा लगतै वडा भित्र रहेको अतिनै गरिब दलित विपन्न परिवारलाई ग्यास सिलिन्डर लगायतका सरसमानहरु वितरण गरेका छन् ।

 

लक्ष्मीनिया गाउँपालिका वडानम्बर ५ का अध्यक्ष फुलगेन यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा वडाभित्र रहेको अति नै विपन्न गरिब परिवारलाई ग्यास सिलिन्डर, चुल्हा, रेगुलेटर, पाईप लाईटर लगायतका सरसमानहरु वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव गाउँपालिका भित्र रहेको अतिनै गरिब विपन्न परिवारलाई समय समयमा विभिन्न सामग्रीहरु वितरण गर्दै आएको र अगामी दिनमा पनि यस्तो परिवारहरुको लागी गाउँपालिकाबाट हुने सहयोग जारी नै रहने बताउनु भएको थियो । 

 


त्यस्तै वडा अध्यक्ष यादवका अनुसार यहाँका अधिकांश घरपरिवारले अझै पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको , त्यसलाइ हटाउन यो कार्य गरेको जनाइएको छ । अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारण ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको उनले जानकारी दिनुभएको छ । यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र गाउँपालिका नै धुँवामुक्त हुने विश्वास गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

 


साथै लक्ष्मीनिया गाउँपालिका वडा नं ५  का स्थानीय जनताहरु ग्यास सिलिन्डर लगायतका सरसमानहरु पाउदा खुशी हुँदै वडा अध्यक्ष फुलगेन यादब आफनो वडाबासीको लागी कृषि सामग्री, वडाबासीलाई चाहिने अति आवश्यक सामानहरु समय समयमा वितरण गर्दै आएको एक स्थानीयले बताए । कार्यक्रममा वडा सदस्य, वडा सचिव, स्थानिय बुद्धिजिवी, प्रहरी  प्रशासन लगायतका उपस्थिति रहेको थियोे ।