२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

अज्ञयात व्यक्ति द्धारा भैंसीको जिउमा आगो

करिब १२ बजे तिर पेट्रोल छर्केर आगो लगाएको पिडित यादवको भनाई
image

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका ईच्छापुर स्थित अज्ञयात व्यक्ति द्धारा भैंसीको जिउमा आगो लगाएको छ ।

 

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ बस्ने राम औतार यादवको घर भित्र बाँधेर राखेको भैंसीलाई सोमवार करिब १२ बजे तिर पेट्रोल छर्केर आगो लगाएको पिडित यादवको भनाई छ ।

 

रातीको समय सबै सुतिरहेको अवस्थामा २ ओटा मिनरल वाटरको बोतलमा भरेर ल्याएको पेट्रोल भैंसीको जिउमा छर्केर सलाईले आगो लगाएको हुनसक्ने घटना स्थलमा भेटिएको मिनरल वाटर बोतल र सलाई देखिएको छ ।

 

जिउ भित्र अन्तिम अवस्थामा रहेको बच्चा भएको भैंसीको जिउमा आगो लगाउने व्यक्ति कति निर्दय होला भनेर अनुमान गर्न सकिन्छ स्थानियहरुको भनाई रहेको छ । पशुधनको जिउमा आगो लगाउने व्यक्तिको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनकारी दिए ।