२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

प्रशासनलाई चुनौती दिँदै गरियो स्वतन्त्र मधेश गठबन्धन कार्यक्रम

प्रहरीप्रशासनकै अगाडी कोणसभालाई २० मिनेट सम्बोधन गरे : डा.सिके राउत
image

जनकपुर,

जनकपुरधाममा प्रशासनलाई चुनौती दिँदै स्वतन्त्र मधेश गठबन्धनले कार्यक्रम सफल पारेका छन् । स्वतन्त्त मधेशको अभियानमा लागेका डा.सिके राउत नेतृत्वको मधेश गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुईदिन अघिदेखि नै कार्यकर्तालाई धडपकड शुरु गरेपनि कडा सुरक्षाको बाबजुद मधेश गठबन्धनका हजारौ कार्यकर्ता जनकपुरमा प्रदर्शन गरेका छन् भने प्रहरीको विषेश खोजी सूचिमा रहेका गठबन्धका संयोजक डा.सिके राउत रामानन्दचोकमा पुगी प्रहरीप्रशासनकै अगाडी कोणसभालाई करिब २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका छन् ।

असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन भन्दै डा.सिके राउतले जनकपुरमा ‘चलु जनकपुपर, भरु जनकपुर’ कार्यक्रम आयोजन गरेका थिए । जनकपुरको बाह्रविघा मैदानमा डा.राउतले विरोध सभा गर्ने सुइको पाएपछि बाह्रविघा मैदानको चारै तर्फ प्रहरीको बाक्लो उपस्थितिको साथै जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो ।

बुधबार विहानै देखि दिउँसो सम्म डा.सिके राउतका करिब २ सय कार्यकर्तालाई प्रहरीले जनकपुरको विभिन्न चौकबाट पक्राउ पनि गरेको थिए तर पनि डा.सिके राउतका झण्डै १ हजार भन्दा बढिको संख्यामा एकैपटक आएका नेता कार्यकर्ताहरु रमानन्दचोकबाट विरोध जुलुस शुरु गरेका थिए ।

रामानन्दचोकबाट निस्केको विरोध जुलुस बारविगहा हुँदै जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक पुगेका थिए तर मुरलीचोकमा प्रशासनको अवरोधका कारण भ्रमरपुराचोक हँुदै पुनः रमानन्दचोकमा कोणसभामा परिणत भएको थियो । केहि बेर कोणसभा चलेपछि भूमिगत रहेका गठबन्धका संयोजक डा.सिके राउत एका एक कोणसभामा सम्बोधन गर्न शुरु गरे । डा.राउतले कोणसभमा स्वतन्त्र मधेशको विकल्प नरहेको बताएका छन् । स्वतन्त्र मधेशको लागि जारी रहेको आफुहरुको अभियान कसैले पनि असफल पार्न नसक्ने समेत उनले दावी गरेका छन् ।


यस्तै डा.सिके राउतका कार्यकर्ताहरुले प्रदेश २ सभा भवनको मुलगेटमा स्वतन्त्र मधेश गठबन्धको झण्डा समेत फहराएका छन् ।