२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

धनुषा महेन्द्रनगर स्थित क्वेस्ट नेपालको आयोजनामा SQC कार्यक्रम सम्पन्न

महेन्द्रनगर,धनुषा
धनुषा महेन्द्रनगर स्थित क्वेस्ट नेपालको आयोजनामा SQC कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियार र दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमिका प्रधानध्यापक जगदिस प्रसाद सिंहको अध्यक्षतामा 5th SQC Hub Convention -2018 महेन्द्रनगरमा अवस्थित विद्यालय दशर्निय बोडिङ्ग स्कुल यसपालिको जिल्ला स्तरिय कार्यक्रम सम्पन्न गरेको छ ।

दशर्निया स्कुलको प्राङ्गनमा भएको कार्यक्रमा विशिष्ट अतिथी इलाका प्रहरी कर्यालय महेन्द्रनगर प्रहरी निरिक्षक अरुण कुशवाहा अतिथी उमेश कर्ण, विनोद दास, जोगिन्द्र साह, विश्वलाल सिंह लगायतका उपस्थिती रहेको थियो ।  यस कार्यक्रममा जिल्लाभरिका ३३ ओटा विद्यालयको सहभागिता रहेको थियो । यसमा सहभागी भई उतकृष्ट गरेको विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा सहभागी गराई अन्तराष्ट्रिय स्तरसम्म पनि सहभागी गराइन्छ । क्वेस्ट नेपालको आयोजनामा भइरहेको एस क्यू सी कार्यक्रमले विद्यार्थीमा रहेको गुणलाई परिचालन गर्ने उदेश्य राखेको छ । सुरुमा SQC भनेर प्रतिपादन गर्ने जपानको एकजना विद्यवान इसिकवा जसले जपानको घाटा लागने उद्योगलाई गुणलाई परिचालन गरेर ओरालो लागेको आर्थिक अवस्थालाई उकालो पारेको थियो । यसपछि नेपालमा डा. दिनेश चापागाँइले नेपालमा रहेका विद्यार्थीहरुको पनि गुणको परिचालन हुनुपर्छ भनेर कोष्ट नेपाल भन्ने संस्था स्थापना गरेर नेपाली विद्यार्थीहरुमा रहेका गुणलाई वाहिर ल्याउने उहाँको जमरको हो । यो संस्थाले वर्षिनी जिल्ला स्तरिय र राष्ट्रिय स्तरमा SQC Hub Convention गराउने गरेको छ । यसमा अनेक विद्यालयहरु सहभागी भई आ–आपनो विद्यार्थीहरुमा क्षमता अभिवृद्धि गर्न लागेको देखिन्छ ।