२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

साना किसान कृषि सहकारी संस्था गोविन्दपुरको १३औं वर्षिक साधारण सभा सम्पन्न

image

साना किसान कृषि सहकारी संस्था गोविन्दपुरको १३औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । धनुषाधाम नगरपालिका गोविन्दपुर स्थित आफनौ कर्यालयको प्राङ्गनमा प्रमुख अतिथी धनुषाधाम नगरपालिका प्रमुख बालेश्वर मण्डल र संस्थाकी अध्यक्ष फ्ुलो देवि दनुवारनीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाको लेखा परिक्षण,आयव्य प्रस्तुत गरेका थिए ।

संस्थाको अध्यक्ष दनुवारनी नगरपालिकाको विपयन्न तथा पिछडिएको मुसलिम, आदिवासि, जनजाति, साना किसान आर्थिक र सामाजिक रुपान्तरको लागी साना किसानहरुलाई समृदिको माध्यमबाट विभिन्न सेवा उपलब्ध गराउने उदेश्ले शुरुमा कृषि विकास बैंक द्धारा साना किसान विकास आयोजना २०३९ साल देखि हुदै आएकोमा २०६१ साल पौष महिना १८ गते विधिवत साना किसान सहकारी संस्था लि.डिभिजन सहकारी धनुषा दर्ता कृषि विकास बैंकले गराई २०६२ साल भाद्र २० गते हस्तान्नतरण गरि देखि संस्थाले जसरी अगाडि बढेको छ यसमा सबै शेयरधनी लगायतको सहयोग र साथको अपेछा गरेको बताइन । यस संस्थाले हालसम्म २२८ समुह र १६८७ परिवार सदस्यहरुलाई सेवा पुर्याउदै आएको छ । यस संस्थाले हाल सम्म शिपमुलक तालिम, निक्षेप संकलन, सामुदायिक कार्यक्रम (चर्पी निर्मान वितरण), शेयर लाभान्सको उचित विवरण, शेयर सदस्याहरुको छोरा छोरीहरुलाई कृषि तालिमको लागी ईजरायल पठाउने जस्ता कार्यक्रमहरु गर्दै आएका छन । त्यसतै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिको संयोजक अजुर्न प्रसाद सिंह अघिल्लो साधारण सभाको निर्णहरुको कार्यान्वयनको अवस्था, आ.व.०७४/०७५ मा वसेको वैठकसंख्या निर्णहरु, ऋण लगानीको प्रकृया, ऋण वापसको सुरक्षण लगायतका प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संस्थामा नियमित व्याज बुझाउने शेयर सदस्यहरुलाई राम्रोकाम गरेको भन्दै दोसला ओरहाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथी साना किसान बिकास बैंक सद्स्य रबिन्द्र यादव र अतिथीहरुमा प्रदेश २ साना किसान सल्लाहकार समिति राम कुमार महतो,  न पा १ वार्ड अध्यक्ष बिश्वानाथ यादव, ३ का अध्यक्ष राज किशोर साह, साना किसान बिज्ञ पुर्व प्रबन्धक सत्यदेब राउत,  जिल्ला भरी का साना किसान प्रबन्धकर्मचारी संघको उपाअध्यक्ष धनेश्वर यादव, कोषध्यक्ष दिपनारायान पुर्बे, इलाका प्रहरी धनुषाधामका प्रहरी निरक्ष्क प्रकाश दहाल लगायत हजारौंको संख्यामा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसतै कार्यक्रम को संचालन बिन्देशवर महतो ले गरेका थिए भने रंगदर्पनको कलाकारहरु द्धारा विभिन्न किसिमको मनोरन्जनात्मा गितहरुमा नितृय गरेका थिए ।