२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

दिपावली तथा छठपर्वको उपलक्ष्यमा सरसफाई कार्यक्रम

image

महेन्द्रनगर, धनुषा मेहन्द्रनगर स्थित दिपावली तथा छठपर्वको उपलक्ष्यमा सरसफाई कार्यक्रम गरेका छन । श्री जन जागरण लवकुश कृषि सहकारी संस्था लि.को आयोजनामा भएको सरसफाई कार्यक्रममा संस्थाको शयेर सदस्य लगायत ईलाका प्रहरी कर्यालय महेन्द्रनगरका जवान, श्री गोरखनाथ गणका जवान, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीका शिक्षक विद्यार्थी र स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । स्थानिय जनप्रतिनिधी निवार्चित भएपछि पहिलो चोटी क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित सरसफाई कार्यक्रम गरेका छन । हिन्दुहरुको महान चार्डपर्व दिपावलीमा आफनो दोकान घरआँगन सफासुधरा गरेर लक्ष्मि भित्राउने जनविश्वासका साथ गरिरहेको समयमा यस्तो कार्यक्रम प्रभावकारी भएको सहभागीहरुले बताएका थिए । क्षीरेश्वरनाथ नगरपालिका ले ठाउँठाउँमा फोहर फाल्ने डस्वीन राखेको भएपनि स्थानिय व्यापारीहरु आफनो दोकान सरसफाई गरेर जथाभावी फोहरफालेकोहरुलाई निर्देशन दिँदै आइन्दा जथाभावी फहर नफालन ईलाका प्रहरी कर्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले आग्रह गरेका थिए ।