२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

अव्यवस्थीत बजारको कारण दुर्घटना हुने सम्भावना

image

महेन्द्रनगर, धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ७ दर्गाटोल स्थित रहेको प्रखियात नायाँ बजार अव्यवस्थीत भएको कारण दुर्घटना हुने सम्भावना बरहेको छ । जनकपुर ढल्केवरको विचमा रहेको महेन्द्रनगर दुर्गा मन्दिर नजिक रोडमा लागिरेको बाजारको ठेक्का लाखो रुपैयामा लागेपनि बाजारको व्यवस्थापन मा स्थिानिय नगरपालिका, प्रशासन र सम्बन्धीत निकाय मैन बसेको कारण दुर्घटना हुने सम्भावना बढेको छ ।

 

 

दिनमा हजारौं गाडी ओहरदोहर गरिरहेको यो सडक खण्डमा बजारको दिन गाडी जाम्मको अव्सथा त्यतिकै नै छ । प्रतेक हप्ताको शुक्रबार र सोमबार लग्ने यो बजारबाट लाखैलाख आम्दनी भएपनि बजार व्यवस्थीत हुन सकेको छैन । पहिला दुर्गा मन्दिरको अधिनमा लग्ने ठिका अहिले आएर नगरपालिका अफनो अधिनमा गरे पनि त्यो बजार बाट मन्पर्दी बट्टी असुली भएको व्यापारि र स्थानिय किसानहरु ब्ताउँछन ।

 

 

खासगरि दिगम्बरपुर, हरिहरपुर, नकटाझिज, बटेश्वर र इच्छापुर लगातका किसानहरुको लागी प्रमुख बजारको रुपमा स्थापित नयाँबजार व्यवस्थीत भएन भने आउँदो दिनमा ठुलो दुर्घटना हुनसक्ने सम्भावना बढि रहेको स्थानियहरुको भनाइछ ।