२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

प्रेस युनियन सुनसरीको पदस्थापन सम्पन्न,

उत्कृष्ठ कार्यकाल बनाउने पुरीको उदघोष
image

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको आठौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत कात्तिक १९ गते सम्पन्न चुनावी अधिवेशनबाट अध्यक्षमा निर्वाचित पदाधिकारीलाई एक कार्यक्रमका बिच पदस्थापन गराईएको हो ।

 

 

पदस्थापन कार्यक्रममा निर्वतमान सभापति गणेश निरौलाले नवनिर्वाचित सभापति धनबहादुर पुरीलाई फूलको माला लगाएर पदस्थापन गराएका थिए । आपसी सहमतिमा चयन भएको समितीका अध्यक्ष सहितका अन्य पदाधिकारीलाई निर्वाचन समितीले विजयीको प्रमाण पत्र वितरण गरेको थियो । कार्यक्रममा जिल्ला कार्यसमितीसँगै प्रदेश पार्षद र केन्द्रीय पार्षदमा विजयी हुनेलाई पनि विजयीको प्रमाणपत्र वितरण गरिएको निर्वाचन समितीका संयोजक कृष्ण अधिकारीले जानकारी दिए । यता, पदस्थापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकार कोदो र तोरीको मिश्रण भएको भन्दै व्यंग गरेका थिए । योे मिश्रणबाट न पिठो निस्कन्छ न तेल नै भन्दै केन्द्रीय सदस्य अर्यालले केपी ओली सरकार काम नलाग्ने भएको र केही दिनमै सकिने उदघोष गरे ।

 

 

कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा नेपाली काँग्रेस जिल्ला सभापति राजिब कोईरालाले प्रेस युनियनले काँग्रेसलाई सँधै सहयोग गर्दै आएको बताए । अहिलेको अवस्थामा प्रेस युनियनको काम अझ प्रभावकारी हुनुपर्ने भन्दै नवगठित कार्यसमितीले त्यो अबिभरा पुरा गर्नेमा विश्वस्त रहेको बताए । यता, नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेलले काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले काँग्रेस भित्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई बाहिर ल्याउनुपर्ने बताए । पाटी भित्र देखिएका गल्ति र कमजोरीलाई औँल्याउँदै रुपान्तरणका लागि सहयोग गर्नुपर्ने उनको भनाई थियो । पदस्थापन पछि नवनिर्वाचित अध्यक्ष धनबहादुर पुरीले प्रेस युनियनलाई थप क्रियाशिल बनाएर लैजाने बताए । प्रेस युनियनलाई शसक्त र जुझारु बनाउन नयाँ कार्यक्रम ल्याउने उनले बताए । बर्षौदेखी निस्कृय रहेका,चुनावी कार्यक्रमका लागि सदस्यता बनाईएका विषयमा छानबिन गरी उचित व्यवस्थापन गरिने उनले बताए । युनियनका काम गर्ने सक्षम पत्रकारहरुको सँधै खाँचो रहेकाले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम ल्याउने पनि अध्यक्ष पुरीले बताए ।