२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

सरोकार बचत को छैठौं सधारण सभा सम्पन्न

सहज र सरल सुविधाको लागि स्थापना
image

भुटाहा । सुनसरी जिल्ला को दक्षिण मा रहेको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक रामनगर भुटाहा गाविसमा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि .को छैठौं सधारण सभा शनिबार सम्पन्न भएको छ । ग्रामिण भेगका जनता लाई सहज र सरल सुविधाको लागि स्थापना गरेको सो सहकारी को मुल्य उदेश्य रहेकोे छ । 

 

 

सधारण सभा को प्रमुख अतिथि प्रदेश नम्बर १ क्षेत्र नम्बर ४ (ख ) का सभासद ताहिर अन्सारी ,विशिष्ट अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम भगत , अतिथी हरु मा हरिनगर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लतिफ अन्सारी ,वडा नम्बर २ अध्यक्ष युनुस मिया, वडा नम्बर ६ अध्यक्ष इसराइल अन्सारी, सशस्त्र प्रहरी बल बेस क्याम्प भुटाहा का डिएसपी निर्मल थापा, इलाका प्रहरी कार्यालय हरिनगरा का प्रमुख भिम कुमार श्रेष्ठ ,प्रहरी चाैकि भुटाहा प्रमुख अन्तमराम खतिवडा , नेपाली कांग्रेस भुटाहा गाउँ सभापति सराजुद्दिन मिया ,हरिनगरा उद्योग वाणिज्य संघ अध्यक्ष अनरुद प्रसाद गुप्ता ,हरिनगर गाउँ कार्यापालिका सदस्य सुशील ठाकुर,विभिन्न संघ संस्था का प्रतिनिधि ,समाज सेवि लगायत को अतिथि हरु को उपस्थिति रहेको थियो ।सो बचत तथा ऋण सहकारी संस्था ले विभिन्न समाज मुलक कार्यक्रम हरु गरिरहेको संस्था का उपाध्यक्ष सलामुद्दिन अन्सारी ले बताए ।

 

सहकारी बाट गरिब , विपन्न परिवार ले सहज तरिकाले सुविधा लिइरहेका छन । संस्था को कुल कारोबार ८ (आठ ) करोड ७३ लाख भएको छ । संस्था को मुनाफा ९ लाख ६७ हजार ९ सय १३ रहेको संस्था का लेखा समिति का संयोजक सलामुद्दिन अन्सारी ले बताए ।छैठौं सधारण सभामा २९ जना संस्थापक शेयर सदस्य हरुलाइ सम्मान गरिएको कार्यक्रम संचालक सब्बिर सिद्दिकी ले जनाए का छन । सो सधारण सभा का प्रमुख अतिथि प्रदेश नम्बर १ का सभासद ताहिर अन्सारी ले युवा हरु ले समाज लाई सहि बाटो तर्फ लाग्न सहकारी हरु को स्थापन गरेको हुन ले आउँदो दिन हरु मा यो संस्था ले अझ प्रगति गरेर समाज र देश मा आफ्नो संस्था को नाम अगाडि गरोस् भने का थिए ।विशिष्ट अतिथी हरिनगर गाउँ पालिका अध्यक्ष गफार अन्सारी ले समाज सुधार का विभिन्न कार्यक्रम हरु गरि यो संस्था ले धेरै नै ठुलो नाम कमाएको र अगामी दिन हरु मा यो संस्था ले आफ्नो काम सहि र इमानदारी पुर्वक गर्नु पर्ने गाउँ पालिका अध्यक्ष अन्सारी ले भने ।सधारण सभा को अध्यक्षता सरोकार बचत तथा ऋण सहकारी संस्था लि . का अध्यक्ष मो. मोजम्मिल हक को अध्यक्षता मा सम्पन्न भएको थियो ।