२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

जनता माध्यमिक विद्यालयमा नियमित पठनपाठन भएन

विधार्थीहरुको गुनासो
image

इनरुवा । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका ७ मा रहेको जनता माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएको विधार्थीहरुले गुनासो गरेका छन् ।

 

 

विद्यालयमा शिक्षकहरु नियमित नआएको, आएका शिक्षकहरु समेत कक्षा नियमित नलिएको, विधार्थीले सोधेको प्रशनको जवाफ समेत दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरु आक्रोषित बनेका छन। विद्यालयका प्रधानाध्यापक विन्देश्वरी साहले आफ्नो पदिय जिम्मेबारी पूर्ण रुपमा निर्वाह नगर्दा शिक्षकहरुले लापर्वाही गरेको कक्षा ८ का विधार्थी अनन्त साहले गुनासो गरे। शिक्षकहरु विधालयमा उपस्थित भएतापनि कक्षाकोठामा आफ्नो घन्टीको बेला उपस्थित नभैदिने, अफिस कोठामा गफ हाकेर बस्ने अर्का विधार्थी ललन यादवले गुनासो गरे। विद्यालयमा अहिलेसम्ममा नैतिक, कम्प्यूटर, अग्रेंजी लगायतका विषय एक पाठ पनि राम्रोसंग पढाई नभएको कक्षा ८ का विधार्थीहरुले गुनासो गरेका छन् ।

 

 

विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेबारीमा रहेकी सिताकुमारी श्रेष्ठले विधालयको विवरण थाहा नभएको र मोटामोटी चार सय विधार्थी रहेको जानकारी दिदैँ पढाई भएको दावी गरिन। श्रेष्ठले त्यस्तो दावी गरेतापनि श्रेष्ठ स्वंयमले समेत आफ्नो विषयको कक्षामा नियमित उपस्थित नभैदेको गुनासो विधार्थी सुनिल शाहले गरेका छन्। प्रत्येक वर्ष विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको विधार्थी शाहको भनाई रहेको छ । जनता माविको बारेमा गुनासो आएपछि विद्यालयमा पुग्दा प्रानाध्यापक कक्षा ३ मा गणित विषय पढाईरहेको अवस्थामा भेटिए । उनले विद्यलायमा अभिभावको कमजोरीका कारणले विधार्थी न्युन आएको दावी गरे । नियमित पढाई नभएको विषयमा कुरा गर्दा शिक्षकहरुले नियमित रुपमा नै पढाइरहेको दावी गरे । विद्यालयमा मावि तहमा चार जना शिक्षकको दरबन्दी रहेकोमा तीन जना विज्ञान विषयका र एक जना नेपाली बाहेकका शिक्षक अभाव रहेको छ। शिक्षकको आपूर्ती नभएको मार विधार्थीलाई परेको विधार्थी सुशिला शाहले बताए ।

 

 

जनता माध्यमिक विद्यालयमा प्रावि तहका चार, आधारभुत (नीमावी) तहका चार र मावि तहमा चार जना गरी १२ जना शिक्षकको दरबन्दी रहेको छ। माविमा अग्रेंजी विषयको शिक्षक अभाव छ, विज्ञान विषयको शिक्षक तिन जना रहेका छन भने सामाजिक, स्वास्थ्य जनसंख्या लगायतका विषय पढाई नभएको विद्यार्थीहरुको गुनासो छ । त्यस्तै सो माविका विधार्थीहरुले पाउँनु पर्ने छात्रवृति पाएको छैन । भोक्राहा नरसिंह गाउँपालिकाबाट विद्यार्थीहरुलाई दिईने छात्रवृति रकम हिनामिना भएको विधार्थीहरुको भनाई रहेको छ ।