२०८१ बैशाख २३ आइतबार Sunday, May 05

ताजा अपडेट :

क्षीरेश्वर नेटवर्क पा.लि. द्धारा खो खो खेलाडीहरुलाई पोसाक वितरण

धनुषा महेन्द्रनगर,
क्षीरेश्वर नेटवर्क पा.लि. द्धारा खो खो खेलाडीहरुलाई पोसाक वितरण गरेको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित प्रदेश स्तरिया खो खो खेलको लागी त्यारीमा जुटेका महिला र पुरुष खेलाडीहरुको मनोबल बढाउनको लागी पोसाक वितरण गरिएको प्रा.लि. ले जनकारी दिएका छन । साथै स्थिानिय तहहरुमा दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ महेन्द्रनगर क्षिरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा धनुषा र बारा विच मैत्रीपुर्ण खेल खेलाइएको छ । खो खो संघको अध्यक्ष धिरेन्द्र कुमार यादवको अध्यक्षता र खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीको प्रमुख आतिथीयमा भएको मैत्रीपुर्ण खेलमा क्षीरेश्वर स्पोर्ट कल्बका अध्यक्ष केवल मुखिया, व्यापार संघका सदस्य बसन्त ठाकुर, रेफरी विरेन्द्र कुमार सिंह, क्यामुदिन मन्सुर, गिता कुवर, राजेन्द्र सिंह लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । साथै बाराबाट महिला र पुरुष खेलाडीहरुलाई मैत्रीपुर्ण खेल खेलाउन लिएर आएका बारा टिमलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने धनुषा र बाराको महिला खेलाडीहरुलाई उपस्थित अतिथीहरुबाट मेडल प्रदान गरिएको थियो ।