२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध मदिरा कब्जा गरि नष्ट

image

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध दारु भठठी बन्द गर्ने अभियानअन्तर्गत शनिवारमा डेढ सय लिटर अवैध मदिरा कब्जा गरि नष्ट गरेका छन ।
धनुषाको सखुवा बजारमा वर्षौदेखि खुद्रा पसलहरुमा घरेलु उत्पादनबाट अवैध मदिरा उत्पादन गरि विक्री भई रहेको गुनासो आइ रहेकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चेकजाँच गर्ने क्रममा पसलहरुबाट बरामद गरिएको अवैध रक्सी नष्ट गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज अमिर कुमार दाहालले जानकारी दिएका छन । प्रहरी निरिक्षक दाहालकै नेतृत्वमा महेन्द्रनगरको अन्य मदिरा पसलहरुमा समेत निरन्तर अवैध रक्सी विक्री गर्ने पसलहरुमा चेकजाँच गर्ने गरेको छ ।
शनिवार अवैध रक्सीमुक्त क्षेत्र घोषणा गर्ने अभियानकै क्रममा प्रहरी निरिक्षक दाहालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सखुवा बजारको दर्जनौ पसलमा छापामारी गर्दै डेढ सय लिटरभन्दा बढी परिमाणमा अवैध रक्सी बरामद गरि नष्ट गरेका छन ।