२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

image

अन्सार अन्सारी भुटाहा । सुनसरीको हरिनगर गाउँपालिका मा आज बाट प्रथम वडा स्तरीय नकाउट फुटबल खेल प्रतियोगिता सुरु भएको छ । हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको एपोलो ११ युथ स्पोर्टस क्लब हरिनगर गा . पा. (भुटाहा ) सुनसरी को आयोजना र हरिनगर गा. पा. एवं ७ वटै वडा कार्यालयहरु बाट सहयोग लिइ प्रथम वडा स्तरीय छ्नोट फुटबल प्रतियोगिता सुरु गरिएको छ । सो खेलमा राम्रो खेलने खेलाडीहरु लाई छनोट गरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिम ले जनाएको छ ।आजको खेल हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ को बीच खेल भएको छ । प्रथम वडा स्तरीय छनोट प्रतियोगिता को प्रमुख अतिथि क्षेत्र नम्बर ४ ख का प्रदेश सभासद हाजी तहिर अन्सारी ,विशिस्ट अतिथी हरु हरिनगर गाउँपालिका उपाध्यक्ष रिम्झिम भगत ,ने . क.पा. केन्द्र सदस्य महफुज अन्सारी ,वडा नम्बर १ का वडा अध्यक्ष लतिफ अन्सारी अतिथिहरु इलाका प्रहरी कार्यालय हरिनगरा का प्रमुख भिम बहादुर श्रेष्ठ , शस्त्र प्रहरी बेस क्याम्प भुटाहा डिएसपी निर्मल थापा लगायत को उपस्थिति रहेको थियो ।सो खेलमा राम्रो खेलने खेलाडीहरु लाई छनोट गरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिम ले जनाएको छ ।आजको खेल हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ को बीच खेल भएको छ । यसैबीच शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा ४५ मिनेट समय भित्र कुनै टिमले गाेल गरेको थिएन । पछि फेरि १५ मिनेट समय थपेको थियो । थप समय पनि कुनै टिमले गाेल गर्ने सकेको थिएन। त्यसपछि पलेनटी गराउदा वडा नं. ४ हरिनगरालाई १ गाेलले हराउँदै वडा नं. १ भुटाहाले विजय भएको हाे। सो खेल हरिनगर गाउँपालिका का ७ वटै वडाहरु मा रहेको खेलाडीहरु मात्र सहभागिता हुने आयोजक संस्था का सदस्य इरफान अन्सारी ले बताए ।