२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

JICA को सहयोगमा ANFA को लागी फूटवल प्रशिक्षक त्यारी

image

महेन्द्रनगर,धनुषा
JICA को सहयोगमा अखिल नेपाल फूटवल संघको लागी फूटवल खेलाडी प्रशिक्षक  प्रशिक्षण क्षरेश्वर जनता उच्च मा.वि.को खेलमैदानमा प्रदेश २ का प्रत्येक जिल्लाबाट चारजना गरी ३२ जनालाई जपानबाट आएका टेक्निकल डाइरेक्टर चाईकी ताकिदा र गोल किपर प्रशिक्षक मित्सुमारो तासिहिरो द्धारा प्रशिक्षक तयार । प्रशिक्षण तयार कार्यक्रम पुस ५ गतेसम्म हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको उदघाटन प्रमुख अतिथी सामाजिक विकास मन्त्री नवल किसोर साह र धनुषा जिल्ला फुटबल संघको अध्यक्ष सुरेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार अतिथीहरु पंकज नेम्वाङ, एनफाको उपाध्यक्ष उपेन्द्रमान सिंह, शिक्षित पराजुली, फुटबल कमिटीका संयोजक दावा लामा, सुरेन्द्र खाती, वडा नम्बर ६ का वडाअध्यक्ष मान बहादुर श्रेष्ठ, कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतका उपस्थिती रहेको थियो ।