२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

श्री तुलसी मेहर श्रेष्ठको १२२ औं जन्मजयन्ती भव्यताको साथ मनाइयो

वडाअध्यक्ष रामकिशुन यादवको प्रमुख आतिथी
image

महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका ७ दुर्गाटोल स्थित भव्यरुपमा स्व.श्री तुलसी मेहर श्रेष्ठको १२२ औं जन्मजयन्ती भव्यताको साथ मनाइएको छ । क्षिरेश्वरनाथ नगरपालिका ७ का वडाअध्यक्ष रामकिशुन यादवको प्रमुख आतिथीय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सखिचन यादवको अध्यक्षतामा श्री दुर्गा तुलसी रा.प्रा.वि. साविक हरिहरपुर १ विद्यालयका दाता स्व.श्री तुलसी मेहर श्रेष्ठको जन्म जयन्ती मनाईएको छ ।

 

 

शनिवार विहान प्रभावतफेरीबाट सुरु भएको कार्यक्रममा व्याढमिन्टन, रुमालचोर, तातोआलु, क्यारमबोर्ड, ४ र २ सय मिटरको दौड, कुर्सी चोर लगायतका खेलहरु खेलाइएको थियो ।
त्यस्तै कार्यक्रमा प्रथम, द्धतिय र त्रितिय गर्ने लगायतको विद्यार्थीहरु लाई काँपी र ढट वितरण गरिएको थियो ।

 

 

त्यस्तै कार्यक्रममा अतिथीहरु सुर्य ढकाल, प्रेम प्रसाद लामिछाने, नेकपा प्रदेश कमिटि सदस्य श्याम यादव, ऋषि राज दहाल, वडासदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।