२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

शैक्षिक भ्रमणले छात्रछात्राको आत्मविश्वास बढाउँछ

image
अयुब हुसेन खान जनकपुर माध ३ —श्री सरस्वती मा बि ठिल्ल सबैला मनोरञ्जन सबैलाई मन पर्छ । दैनिक जीवनबाट छोटो विश्राम पनि चाहन्छ मान्छे । विद्यार्थीको लागि भ्रमण केवल मनोरञ्जनको लागि मात्र नभएर ज्ञान आर्जनको लागि महत्त्वपूर्ण हुन्छ । मलाई पनि घुम्न खुब रुचि लाग्छ । यो वर्षको शैक्षिक भ्रमण मलाई निकै रोमाञ्चक र सम्झनालायक हो, किनभने यो मेरो स्कुल जीवनको पहिला शैक्षिक भ्रमण हो । कक्षा १० को सुरुआतदेखि भ्रमणको प्रतीक्षामा थियौं । स्कुलले भ्रमणको मिति तोकेपछि खुसीको सीमा रहेन । परीक्षा चलिरहेको भए पनि भ्रमणकै कल्पना आउन थाले । गत महिना हामी #लुम्बिनी,पोखरा भ्रमणमा निस्कियौं । हामी बेगनास ताल अनि ‘डेभिड फल्स’ चमेरो गुफा र महेन्द्र गुफा जान्छौं । त्यस्तो सुन्दरता नियाल्दा नेपाल साँच्चै नै धनी रहेछ भन्ने मनछ । त्यहाँ हामीले धेरै तस्बिरहरू खिच्यौँ । साँझमा सर र विद्यार्थीहरु मिलेर संग्रहालय गयौँ । त्यहाँ गौतम बुद्ध र बुद्धत्वबारे हेरेर अनि सुनेर जान्न पायौँ । नेपालमा पनि त्यस्तो प्रविधि रहेछ । पहिला त विश्वास भएन । देखेपछि सत्य कुरा नपत्याइएको देख्दा त पहिले आफ्ना आँखामा विश्वास भएन । फेरि त्यो सत्य पनि त थियो । त्यो दोस्रो दिन हामी फेवाताल, तालवाराही मन्दिर, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा अनि चमेरो गुफा गयौँ । पर्वतीय संग्रहालय पनि गयौं । त्यहाँ हिमाल, हिमाली जीवनजस्ता कुराहरूका बारेमा विभिन्न चिजबिजहरू हेर्न र पढ्न पाइँदो रहेछ । सबैभन्दा यादगार क्षणचाहिँ चमेरो गुफाबाट निक्लँदाको थियो । मोटो भएर हो कि बल नपुगेर हो, एकछिन् म त गुफाबाट निस्कन लाग्दा त्यहीँ अड्केँ । त्यहाँबाट मेरा दुई साथीहरू– निकित र प्रमोसनले मलाई माथि ताने । माथि चढ्ने क्रममा नै मेले मेरा गुरुबाको हातमा नराम्रोसँग टेकेँ । यो सोचेर पछि साह्रै नराम्रो लाग्यो । यो दिन सबैभन्दा मनोरञ्जनयुक्त थियो । तेस्रो दिन हामी बिहान साराङकोटको डाँडा चढेर सूर्योदय हेर्‍यौं । तर बादलले ढकमक्क ढाकेछ । हेर्न पाइएन । त्यहाँबाट सबैला लागियो । त्यहाँ ससाना घरहरू थिए । जीवन नै एक यात्रा हो अनि हामी सबै यात्री । लुम्बिनी कालीगण्डकी र पोखराको मेरो भ्रमणले मेरो यो सोचलाई झन् मूर्त बनाइदियो । सौन्दर्यमा हराउन पाउनु नै साँचो हर्ष रहेछ । कक्षा–१०, नन्दानी सोनाली र अन्जलि, सबैला