२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

तेस्रो नगरसभामा ५३ करोड १ लाख ८६ हजारको बजेट पेश,

तेस्रो नगरसभाको संशोधित बजेट नीति तथा कार्यक्रमको समुदघाटन समारोह सम्पन्न 
image

महेन्द्रनगर, क्षीरेश्वरनाथ नगरपालिकाको तेस्रो नगरसभा आ.व.२०७५/०७६ को संशोधित बजेट नीति तथा कार्यक्रमको समुदघाटन समारोह सम्पन्न भएको छ । 

 


कार्यक्रममा नगर प्रमुख पजियार कृषि उद्योग र पर्याप्त पुर्वाधार क्षीरेश्वरनाथ नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको यस नगरपालिकाका जनतालाई गरेको प्रतिवद्धता र जनमतको कदर गर्दै सिमित श्रोत साधनका बाबजुद पनि बिकासका सबै क्षेत्रहरुलाई संम्बोधन गर्ने प्रयत्न गर्दै नगरको साधन श्रोतलाई सन्तुलित एंव न्यायोचित ढंगबाट वितरण गर्न हरसम्भव प्रयास गरेको बताएका छन् । 

 


आ.ब.२०७४÷०७५ मा केन्द्र तथा आन्तरीक स्रोतबाट करिब रु.४१ करोड १२ लाख ६ हजार नगरपालिकामा आम्दनी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागी ३२ करोड ७ लाख २१ हजार खर्च भएको जानकारी गराए । 

 


दोस्रो नगर सभाबाट पारीत आ.व.२०७५/०७६ को लागि ४१ करोड ९६ लाख ८० हजारको बजेट पारित गरेको मध्ये हालसम्म ११ करोड ३५ लाख २९ हजार खर्च भएको जसमा लक्ष्यको तुलनामा खर्च कम हुनुको कारण हिन्दुहरुको महान चाड दशैं, दिपावली, छठ पर्व परेको, सम्बन्धित कानुनको अभाव र दरबन्दी अनुसारको कर्मचारी अभावका कारण बताएका छन्  । 

 


 
आ.व.२०७५/७६ को लागि रु ५३ करोड १ लाख ८६ हजारको संशोधित बजेट पेश गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभाका सांसद तथा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव र नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आ.ब. २०७५/०७६ को संशोधित नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

 


त्यस्तै कार्यक्रममा वडा अध्यक्ष, विभिन्न दलका राजनितिकर्मी आआफनो मन्तव्य राखेका थिए ।